झापा / प्रधानमन्त्री शेरबहादुर देउवा भाइब्रेन्ट गुजरात ग्लोबल समिटमा भाग पुस २५ गते भारतको राजधानी नयाँ दिल्ली जाने भएका छन् ।

त्यही दिन देउवाले भारतीय राष्ट्रपति रामनाथ कोविन्द र समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।

OM Sai Pathibhara Hospital

एकदिन दिल्लीमा बसेर  प्रधानमन्त्री देउवा गुजरात ग्लोबल समिटमा भाग लिन भारतीय समकक्षी मोदीको गृह प्रदेश गुजरात पुग्नेछन् । गुजरात ग्लोबल समिट जनवरी १० अर्थात पुस २६ गतेबाट सुरु हुँदैछ ।

तिन दिनसम्म चल्ने समिटमा प्रधानमन्त्री देउवाले भाग लिने कार्यक्रम रहेको छ । देउवाले २० देखि २५ जना प्रतिनिधि सम्मिलित टोलीको नेतृत्व गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

गठबन्धन सरकारको नेतृत्व गर्दै गत असार २९ गते प्रधानमन्त्री भएका देउवाको यो पहिलो भारत भ्रमण हो ।