काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले स्व. राजा वीरेन्द्रले भारतका ६ बुँदे शर्त नमानेका कारण मारिएको बताएका छन् । 

राजा वीरेन्द्रको जन्मजयन्तीको अवसरमा काठमाडौँमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा लिङदेनले सो कुरा बताएका हुन् । 

OM Sai Pathibhara Hospital

लिङदेनले भने, –‘राजा वीरेन्द्रको कुरा गर्दा २०४५/४६ सालको नाकाबन्दी सम्झिन्छु । तत्कालीन भारतको संस्थापनले राजा वीरेन्द्र सामु ६ बुँदे शर्तहरू अघि सारेको मैले बताइराख्नु पर्दैन । त्यसबेला राजाले ती शर्तहरू मानेको भए राजसंस्था पनि रहिराख्थ्यो होला ।’

अध्यक्ष लिङदेनले दरबार हत्याकाण्डमा भारतको हात हुन सक्ने परोक्ष आरोप लगाएका छन् । भारतले तेर्स्याएका शर्तहरू राजा वीरेन्द्रले पूरा गरेको भए राजा वीरेन्द्रले मारिनु नपर्ने उनको अभिव्यक्ति छ ।

सिक्किममा राजसंस्था अन्त्यपछि देशै भारतमा विलय भएको स्मरण गर्दै  लिङदेनले भने, ‘‘त्यसबेला म सानै थिएँ । राजसंस्था नरहेपछि जनप्रतिनिधि भनिनेहरुले देशै भारतमा विलय गराए । आज नेपालमा पनि त्यही खतरा मडराइरहेको छ ।’