राजनीति

    Showing 8,701-8,710 of 10,378 items.
  • एमालेको आग्रहमा प्रतिनिधिसभा बैठक स्थगित

    काठमाडौँ / प्रतिनिधि सभाको बिहीबारका लागि आह्वान गरिएको बैठक स्थगित गरिएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले जिल्ला अधिवेशन रहेको र सांसदहरू काठमाडौं बाहिरका जिल्लामा जानुपर्ने भएकाले संसद् बैठक स्थगित गर्न आग्रह गरेपछि पुस २२ गतेका लागि बोलाइएको बैठक २८ गतेसम्मका लागि स्थगित गरिएको संसद्  सचिवालयले जानकारी दिएको छ ।यसअघि माओवादीको आग्रहमा पुस १८ गते बोलाइएको बैठक २२ गतेसम्मका लागि स्थगित गरिएको थियो ।प्रतिनिधिसभाको २२ गतेका लागि आह्वान गरिएको बैठक २८ गते १ बजेसम्मका लागि स्थगित गरिएको छ । एमालेले पुस २३ गतेदेखि जिल्ला अधिवेशन गरिरहेको छ । एमालेले प्रतिनिधिसभा र राष्ट्रिय सभाम

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 104 पटक पढिएको
  • राष्ट्रिय सभा सदस्य निर्वाचन : उम्मेदवारले तीन लाख ५० हजार खर्च गर्न पाउने

    काठमाडौँ / निर्वाचन आयोगले तोके अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूले तीन लाखभन्दा बढी खर्च गर्न पाउने भएका छन् । आयोगले बुधबार राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारहरूले गर्न पाउने खर्चको सीमा तोकेको हो । मतदाता नामावली खरिददेखि प्रतिनिधि परिचालन लगायत विभिन्न शीर्षकमा तीन लाख ५० हजार खर्च गर्न सक्ने आयोगले जनाएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारले सवारी साधन–घोडा प्रयोग गर्न ७० हजार खर्च गर्न पाइनेछ । त्यस्तै, कार्यालय सञ्चालन गर्न पनि ७० हजार खर्च गर्न मिल्ने आयोगले जनाएको छ । यसैगरी, गोष्ठी र अन्तरक्रियाका लागि एक लाख, कार्यालय सञ्चालनमा तीस

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 94 पटक पढिएको
  • आज मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौं  / आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठक दिउँसो साढे १ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिए ।बैठकमा प्रधानमन्त्री देउवाको भारत भ्रमणका विषयमा छलफल हुने छ । देउवा यही पुस २५ गते भारत भ्रमणमा जाँदैछन् ।पुस २६ गते हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा सहभागी हुन देउवा भारत जान लागेका हुन् । भारत भ्रमणको क्रममा उनले प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 97 पटक पढिएको
  • फेरी सर्यो १६ जिल्लाको कांग्रेस अधिवेशन

    काठमाडौँ / नेपाली कांग्रेसको जिल्ला अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको अधिवेशन फेरि सरेको छ ।  आज (बुधबार) बिहान बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले १६ जिल्लाको अधिवेशन राष्ट्रिय सभा सदस्य चुनावपछि मात्रै गर्ने निर्णय गरेको हो । सचिव केशव रिजालका अनुसार १४औं महाधिवेशन अन्तर्गत अधिवेशन गर्न बाँकी १६ जिल्लाको अधिवेशन माघ १५ गते हुनेछ । राष्ट्रिय सभा सदस्य चुनाव माघ १२ गते हुँदैछ ।यसअघि यही पुस २७ गते ती १६ जिल्लामा जिल्ला अधिवेशन गर्ने भनिएको थियो । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली,

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 104 पटक पढिएको
  • १९ पदका लागि ४३ जनाको उम्मेदवारी

    काठमाडौँ  / राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता सम्पन्न भएको छ । आगामी माघ १२ गते हुने राष्ट्रिय सभाका १९ सदस्य चुन्न हुने चुनावका लागि ४३ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार महिला ७, दलित ३, अपांगता भएका एवं अल्पसंख्यक दुई र अन्य समूहका सात सिटका लागि माघ १२ मा हुने चुनावका लागि मंगलबार उम्मेदवारी दर्ता गरिएको हो ।उम्मेदवारी दर्ताका आधारमा सातै प्रदेशमा सत्ता गठबन्धन (कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमोर्चा) र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।२०७४ मा

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 104 पटक पढिएको
  • राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि प्रदेश १ बाट प्याकुरेल र बिष्टको उम्मेद्वारी

    झापा //आउँदो माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि प्रदेश १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेद्वारी झापाकी महिला नेतृ रञ्जु प्याकुरेल र अम्बर बिष्टले दिएका छन्। राप्रपाबाट खुलातर्फको सदस्यमा झापाका अम्मरबहादुर विष्ट र महिला कोटामा रञ्जु प्याकुरेलले उम्मेदवारी दिएका हुन् ।बिष्ट राप्रपाका पूर्व जिल्ला अध्यक्ष हुन् भने प्याकुरेल विर्तामोड नगर समितिकी अध्यक्ष हुन् ।राष्ट्रिय सभामा प्रदेश १ बाट रिक्त ३ मध्ये खुला र महिला कोटामा राप्रपाले मनोनयन दर्ता गराएको बताइएको छ।राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश १ मा राप्रपाका एक जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमु

    • प्रकाशित मितिः पुस २०, २०७८
    • 131 पटक पढिएको
  • माओवादीका नेतृत्वका लागि हानाथाप

     बिर्तामोड / माओवादी केन्द्रको महाधिवेशन सम्पन्न भएपनि अझै सम्म पदाधिकारी चयन हुन सकेको छैन । केन्द्रिय सदस्य चयन गर्दै सकिएको महाधिवेशन पछि बसेको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई सर्वसम्मत रुपमा चयन गरेको भएपनि बाँकी पदाधिकारीका विषयमा भने नेताहरू बिचको हानाथाप नेतृत्व चयन हुन नसकेको हो ।अध्यक्ष पछिको मुख्य कार्यकारी पद मानिएको महासचिवमा नेताहरू बिच सहमति नजुटेपछि यस अघि कुनै पनि पदमा आकांक्षा नदेखाएका नेता देव गुरुङले आफूलाई दाबेदारका रुपमा प्रस्तुत गरेपछि अध्यक्ष प्रचण्ड समेत सङ्कटमा परेका छन् ।महाधिवेशनको समयमा महासचिवका लागि आकांक्षा देखाएका नेताहरू जर्नादन शर्मा , पम्फा भूषाल , वर्

    • प्रकाशित मितिः पुस २०, २०७८
    • 109 पटक पढिएको
  • माओवादी केन्द्रले टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवार

    बिर्तामोड / नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको भागमा परेको ५ सिटमा उम्मेदवार टुंगो लगाएका हुन् ।माओवादी केन्द्रले प्रदेश २ महिलामा उर्मिला अर्याल, गण्डकीमा सुरेश आले मगर, दलिततर्फ गोरखाका भरत सुनार, अपाङ्गमा सुर्खेतका नरबहादुर विष्ट र सुदूरपश्चिम प्रदेश दलित कोटामा जगत पार्कीलाई उम्मेदवार चयन गरेको हो ।माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रिय सभा सदस्यका उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो ।यही माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

    • प्रकाशित मितिः पुस २०, २०७८
    • 121 पटक पढिएको
  • राष्ट्रियसभा निर्वाचन : एमालेविरुद्ध पाँच दलीय गठबन्धन

    बिर्तामोड / पाँच दलीय सत्ता गठबन्धनबीच राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँडमा सहमति भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रिय सभा निर्वाचनको १९ सिटमा साझा उम्मेद्वार उठाउने निर्णय गरेको हो । बैठकले कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई ५–५, जनता समाजवादी पार्टीलाई २ र राष्ट्रिय जनमोर्चालाई एक सिट छुट्याउने निर्णय गरेको छ ।यसअघि सम्बन्धित पार्टीले जितेका ठाउँमा सोही पार्टीलाई नै यथावत् राख्दै थपिएका सिटमा गठबन्धन दलले भागबन्डा गरेको हो । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका रिक्त १९ सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँद

    • प्रकाशित मितिः पुस २०, २०७८
    • 103 पटक पढिएको
  • आज राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता

    बिर्तामोड / आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मङ्गलबार उम्मेदवारी दर्ता हुँदै छ । सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि ३ बजेसम्मको समय तोकिएको छ ।आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले सातवटै प्रदेशमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुने जानकारी दिनुभयो । आयोगको निर्वाचन कार्यक्रमबमोजिम राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि माघ १२ गते मतदान हुनेछ ।प्रदेश १ मा विराटनगर, प्रदेश २ मा जनकपुरधाम, बागमतीमा हेटौँडा, गण्डकीमा पोखरा, लुम्बिनीमा घोराही, कर्णालीमा वीरेन्द्रनगर र सुदूरपश्चिमको धनगढीमा स्थ

    • प्रकाशित मितिः पुस २०, २०७८
    • 106 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.