झापा //आउँदो माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि प्रदेश १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेद्वारी झापाकी महिला नेतृ रञ्जु प्याकुरेल र अम्बर बिष्टले दिएका छन्।

राप्रपाबाट खुलातर्फको सदस्यमा झापाका अम्मरबहादुर विष्ट र महिला कोटामा रञ्जु प्याकुरेलले उम्मेदवारी दिएका हुन् ।बिष्ट राप्रपाका पूर्व जिल्ला अध्यक्ष हुन् भने प्याकुरेल विर्तामोड नगर समितिकी अध्यक्ष हुन् ।

OM Sai Pathibhara Hospital

राष्ट्रिय सभामा प्रदेश १ बाट रिक्त ३ मध्ये खुला र महिला कोटामा राप्रपाले मनोनयन दर्ता गराएको बताइएको छ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश १ मा राप्रपाका एक जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख चार जना गरी पाँच जना मतदाता छन् ।

राप्रपाले उम्मेदवारी दर्ता गरेपछि प्रदेश १ मा राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दिनेको संख्या ८ पुगेको छ ।एमालेबाट खुलातर्फ गुरु बराल, महिलातर्फ सुमित्रा भण्डारी र अल्पसंख्यक कोटामा सोनाम ग्याल्जेन शेर्पाले उम्मेदवारी दर्ता गरेका छन् ।