काठमाडौं  / आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठक दिउँसो साढे १ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री देउवाको भारत भ्रमणका विषयमा छलफल हुने छ । देउवा यही पुस २५ गते भारत भ्रमणमा जाँदैछन् ।

OM Sai Pathibhara Hospital

पुस २६ गते हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा सहभागी हुन देउवा भारत जान लागेका हुन् । भारत भ्रमणको क्रममा उनले प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।