काठमाडौँ / नेपाली कांग्रेसको जिल्ला अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको अधिवेशन फेरि सरेको छ ।  

आज (बुधबार) बिहान बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले १६ जिल्लाको अधिवेशन राष्ट्रिय सभा सदस्य चुनावपछि मात्रै गर्ने निर्णय गरेको हो । 

OM Sai Pathibhara Hospital

सचिव केशव रिजालका अनुसार १४औं महाधिवेशन अन्तर्गत अधिवेशन गर्न बाँकी १६ जिल्लाको अधिवेशन माघ १५ गते हुनेछ । राष्ट्रिय सभा सदस्य चुनाव माघ १२ गते हुँदैछ ।

यसअघि यही पुस २७ गते ती १६ जिल्लामा जिल्ला अधिवेशन गर्ने भनिएको थियो । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा कांग्रेसको जिल्ला अधिवेशन गर्न बाँकी छ ।