काठमाडौँ / निर्वाचन आयोगले तोके अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूले तीन लाखभन्दा बढी खर्च गर्न पाउने भएका छन् । 

आयोगले बुधबार राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारहरूले गर्न पाउने खर्चको सीमा तोकेको हो । 

OM Sai Pathibhara Hospital

मतदाता नामावली खरिददेखि प्रतिनिधि परिचालन लगायत विभिन्न शीर्षकमा तीन लाख ५० हजार खर्च गर्न सक्ने आयोगले जनाएको छ ।
 
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारले सवारी साधन–घोडा प्रयोग गर्न ७० हजार खर्च गर्न पाइनेछ । 

त्यस्तै, कार्यालय सञ्चालन गर्न पनि ७० हजार खर्च गर्न मिल्ने आयोगले जनाएको छ । यसैगरी, गोष्ठी र अन्तरक्रियाका लागि एक लाख, कार्यालय सञ्चालनमा तीस हजार र प्रतिनिधि परिचालनका लागि तीस हजार रुपियाँ खर्च गर्न पाउने भएका छन् । 

आगामी फागुन २० गते रिक्त हुने १९ पदका लागि विभिन्न राजनीतिक दलबाट ४३ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।