काठमाडौँ / निर्वाचन आयोगले तोके अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूले तीन लाखभन्दा बढी खर्च गर्न पाउने भएका छन् ।
आयोगले बुधबार राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारहरूले गर्न पाउने खर्चको सीमा तोकेको हो ।
त्यस्तै, कार्यालय सञ्चालन गर्न पनि ७० हजार खर्च गर्न मिल्ने आयोगले जनाएको छ । यसैगरी, गोष्ठी र अन्तरक्रियाका लागि एक लाख, कार्यालय सञ्चालनमा तीस हजार र प्रतिनिधि परिचालनका लागि तीस हजार रुपियाँ खर्च गर्न पाउने भएका छन् ।
आगामी फागुन २० गते रिक्त हुने १९ पदका लागि विभिन्न राजनीतिक दलबाट ४३ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।






































