काठमाडौँ / प्रतिनिधि सभाको बिहीबारका लागि आह्वान गरिएको बैठक स्थगित गरिएको छ । 

प्रमुख प्रतिपक्षी नेकपा एमालेले जिल्ला अधिवेशन रहेको र सांसदहरू काठमाडौं बाहिरका जिल्लामा जानुपर्ने भएकाले संसद् बैठक स्थगित गर्न आग्रह गरेपछि पुस २२ गतेका लागि बोलाइएको बैठक २८ गतेसम्मका लागि स्थगित गरिएको संसद्  सचिवालयले जानकारी दिएको छ ।

OM Sai Pathibhara Hospital

यसअघि माओवादीको आग्रहमा पुस १८ गते बोलाइएको बैठक २२ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

प्रतिनिधिसभाको २२ गतेका लागि आह्वान गरिएको बैठक २८ गते १ बजेसम्मका लागि स्थगित गरिएको छ । 

एमालेले पुस २३ गतेदेखि जिल्ला अधिवेशन गरिरहेको छ । एमालेले प्रतिनिधिसभा र राष्ट्रिय सभामा भदौदेखि नै निरन्तर अवरोध गर्दै आइरहेको छ ।