राजनीति

    Showing 8,691-8,700 of 10,378 items.
  • सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन उच्चस्तरीय संयन्त्रको आग्रह

    काठमाडौँ  / सरकार सञ्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई जिताउन आग्रह गरेको छ । प्रधानमन्त्रीको सरकारी निवासमा बसेको राजनीतिक संयन्त्रको बैठकले गठबन्धनका उम्मेदवारलाई जिताउन मतदातालाई अपिल गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।प्रवक्ता कार्कीका अनुसार बैठकले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनको सहमति अनुरूप नै अगाडि बढ्ने निर्णय गरेको छ । राष्ट्रिय सभा निर्वाचन आगामी माघ १२ गते हुँदै छ । त्यसका लागि सात वटै प्रदेशमा सत्ता गठबन्धनले समन्वय समिति गठन गरेको छ ।

    • प्रकाशित मितिः पुस २२, २०७८
    • 104 पटक पढिएको
  • देउवा सहभागी हुने भनिएको भारतको गुजरात समिट स्थगित

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भनिएको गुजरात समिट स्थगित भएको छ । भारतमा पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र गतिमा फैलिदै गएपछि गुजरात सरकारले समिट स्थगित गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उक्त समिट जनवरी १० देखि १२ सम्म आयोजना गर्न लागिएको थियो । समिटमा भाग लिन जनवरी ९ तारेख अर्थात पुस २५ गते प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने तय भएको थियो । समिट स्थगित भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रोकिएको छ ।  

    • प्रकाशित मितिः पुस २२, २०७८
    • 104 पटक पढिएको
  • राष्ट्रिय स्वाभिमानलाई धितो राखेर विदेशी सहयोग लिदैनौँ : महामन्त्री शर्मा

    झापा / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रियता र राष्ट्रिय स्वाभिमानलाई धितो राखेर कुनै पनि विदेशी सहयोग नलिने बताएका छन् । झापाको मेचीनगरमा पार्टीको १ नम्बर क्षेत्रीय समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले विवादित अमेरिकी सहयोग परियोजना एमसीसीका बारेमा उक्त धारणा व्यक्त गरेका हुन् । उनले भने, ‘कुनै पनि विदेशी सहयोग लिँदा राष्ट्रियता र राष्ट्रिय स्वाभिमानलाई धितो राखेर लिइँदैन ।’   उनले कसैको सैन्य र अरु कुनै पनि प्रकारको दासत्व स्वीकार गरेर सहयोग ग्रहण गर्न नसकिँने र एमसीसीको विषयमा छलफल र परामर्श गरेर मात्र निष्कर्षमा पुग्ने बताएका छन् ।देश व

    • प्रकाशित मितिः पुस २२, २०७८
    • 159 पटक पढिएको
  • एकीकृत समाजवादीले विकास योजनाको अनुगमन गर्ने

    खोटाङ  / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले स्थानीय, प्रदेश र संघीय सरकारबाट विनियोजित  बजेटबाट जिल्लामा सञ्चालन भएका विकास योजनाको अनुगमन गर्ने भएको छ। एकीकृत समाजवादीको तेस्रो पूर्ण बैठकले विकास योजनाको अनुगमन गर्ने निर्णय गरेको हो।यसका लागि विवरण संकलन  गरेर उपलब्ध गराउन तल्लो तहका समितिलाई निर्देशन दिइएको पार्टीका जिल्ला इन्चार्ज बबि चाम्लिङले जानकारी दिएका छन्। अनुगमनमा पाइएका विवरण माघ १५ गतेभित्र जिल्ला कार्यसमितिमा बुझाउन नगर वा गाउँपालिका कार्यसमितिलाई भनिएको छ । अनुगमनका क्रममा बजेटको अंक, उपभोक्ता समितिका पदाधिकारी तथा ठेकेदार कम्पनीको नाम, काम सम्

    • प्रकाशित मितिः पुस २२, २०७८
    • 107 पटक पढिएको
  • कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीविरुद्ध निर्वाचन आयोगमा उजुरी

    काठमाडौँ / नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । केन्द्रीय सदस्य पद खारेजीको माग गर्दै चौधरीविरुद्ध आयोगमा उजुरी परेको हो । कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित चौधरीविरुद्ध सिराहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य प्रभाषचन्द्र यादवले बुधबार आयोगमा उजुरी दर्ता गराएका हुन् ।चौधरी विधानविपरीत केन्द्रीय सदस्य बनेको दाबी गर्दै यादवले उक्त क्षेत्रबाट केन्द्रीय सदस्यमा आफ्नो दाबेदारी समेत प्रस्तुत गरेका छन् । चौधरी मधेशी कोटाबाट कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । विधानमा १० वर्ष निरन्तर कांग्रेसको क्रियाशील स

    • प्रकाशित मितिः पुस २२, २०७८
    • 105 पटक पढिएको
  • एमाले रोल्पा सचिव रोकाको निधन

    झापा / नेकपा एमालेका रोल्पा जिल्ला कमिटी सचिव निम प्रसाद रोकाको बुधबार हृदयघातबाट निधन भएको छ । एमालेले पार्टीको फेसबुक पेजमार्फत जानकारी दिँदै भनेको छ,  हाम्रो पार्टीका रोल्पा जिल्ला कमिटीका सचिव कमरेड निम प्रसाद रोकाको ०७८ पुस २१ गते ४७ वर्षको उमेरमा हृदयघातबाट असामयिक निधन भएकोमा पार्टी स्तब्ध भएको छ, ‘कमरेड रोकाको निधनबाट हाम्रो पार्टीले रोल्पामा एक जिम्मेवार नेता गुमाएको छ । दुखको यस घडीमा दिवंगत कमरेड रोकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हाम्रो पार्टी समवेदना प्रकट गर्दछ ।’

    • प्रकाशित मितिः पुस २२, २०७८
    • 104 पटक पढिएको
  • एमाले झापाको १० औँ जिल्ला अधिवेशनको तयारी पुरा

    बिर्तामोड  / नेकपा एमाले झापाको पुस २३ र २४ गते हुने १० औं झापा जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । बिर्तामोडस्थित राम चोक उत्तरमा रहेको हिमाल सागर रिसोर्टमा हुने एमाले झापाको अधिवेशनको आवश्यक तयारी पुरा भएको कार्यलय सचिव शिव ढुङ्गेलले जानकारी दिए ।नेकपा एमाले झापाका सचिवालय सदस्य समेत रहेका ढुङ्गेलले १० औं जिल्ला अधिवेशनमा खुलासभा नहुने बताएका छन् । उनका अनुसार यस पटकको अधिवेशनमा प्रतिनिधिहरू मात्रै सहभागी हुने छन् । अधिवेशनका लागि प्रतिनिधि छनौटको काम सम्पन्न भइसकेको छ । अधिवेशनमा ९१५ जना प्रतिनिधि सहभागी हुने छन् ।मञ्च व्यवस्थापन, प्रतिनिधिहरूलाई दिइने साम

    • प्रकाशित मितिः पुस २२, २०७८
    • 99 पटक पढिएको
  • राजनीतिक समन्वय समितिको बैठक बालुवाटारमा

     काठमाडौं / बालुवाटारमा गठबन्धनले गठन गरेको राजनीतिक समन्वय समितिको बैठक आज बिहान बसेको छ । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको उक्त समितिको संयोजक भने नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल छन् ।राष्ट्रिय सभा सदस्य निर्वाचन , प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न उक्त समितिको बैठक बसेको सार्वजनिक भएको छ ।संयोजक पौडेलसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधव नेपाल लगायतका गठबन्धनबाट समितिमा रहेका नेताहरू बैठकमा सहभागी छन्।प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग छलफल गरेर प्रतिनिधि सभा बैठक पुनः सु

    • प्रकाशित मितिः पुस २२, २०७८
    • 96 पटक पढिएको
  • सीआइबीको फन्दामा कांग्रेस नेता गच्छदार

    बिर्तामोड / बालुवाटारस्थित ललिता निवासको जग्गा किर्ते प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री विजय गच्छदार र अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) लाई बाटो खुलेको छ ।ललिता निवास  जग्गा प्रकरणबारे अनुसन्धान गरिरहेको सीआइबीलाई किर्ते र ठगीमा मुछिएका गच्छदार र बस्नेतलगायतलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको हो ।अदालतले गच्छदार र बस्न्यातसँगै ३ सय बढीलाई पक्राउ गर्न सीआइबीलाई अनुमति दिएको छ । पक्राउ पुर्जी जारी भएकामा तत्कालीन मन्त्री र सचिव सहितका सरकारी अधिकारी अनि जग्गा हत्याउन सफल

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 164 पटक पढिएको
  • कांग्रेस जिल्ला अधिवेशन रोक्न माग गर्दै भोक हड्ताल

    महोत्तरी / नेपाली कांग्रेस महोत्तरीका पूर्वमहासचिव बजरङ्ग नेपाली आमरण अनशनमा बसेका छन् । क्षेत्रको अधिवेशन सम्पन्न नभई पुष २७ गते जिल्ला अधिवेशन निर्धारण गरेको भन्दै उनी आज बिहान ८ बजेदेखि अनशनमा बसेका हुन्।क्षेत्र नम्बर ३ को अधिवेशन नै नसकी सुनियोजित ढङ्गबाट अधिवेशनको मिति निर्धारण गरेको भन्दै जिल्ला कार्यसमितिले पनि नेता नेपालीको अनशनलाई ऐक्यबद्धता जनाएको छ।मंगलबार जिल्ला कार्यसमितिले केन्द्रलाई नेता नेपालीको भोक हड्तालप्रति ध्यानाकर्षण सहितको पत्रसमेत पठाइ सकेको छ। पत्रमा क्रियाशील सदस्य तथा अधिवेशनमा भाग लिनेहरूलाई पाखा लगाई जिल्ला अधिवेशनको मिति तोक्नु षड्यन्त्रपूर्ण र सुनियोजित

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 106 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.