बिर्तामोड  / नेकपा एमाले झापाको पुस २३ र २४ गते हुने १० औं झापा जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । 

बिर्तामोडस्थित राम चोक उत्तरमा रहेको हिमाल सागर रिसोर्टमा हुने एमाले झापाको अधिवेशनको आवश्यक तयारी पुरा भएको कार्यलय सचिव शिव ढुङ्गेलले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

नेकपा एमाले झापाका सचिवालय सदस्य समेत रहेका ढुङ्गेलले १० औं जिल्ला अधिवेशनमा खुलासभा नहुने बताएका छन् । उनका अनुसार यस पटकको अधिवेशनमा प्रतिनिधिहरू मात्रै सहभागी हुने छन् । 

अधिवेशनका लागि प्रतिनिधि छनौटको काम सम्पन्न भइसकेको छ । अधिवेशनमा ९१५ जना प्रतिनिधि सहभागी हुने छन् ।

मञ्च व्यवस्थापन, प्रतिनिधिहरूलाई दिइने सामग्री, राजनीतिक तथा सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदनको तयारी समेत पुरा भइसकेको उनले बताए । 

१९ गते सम्पन्न जिल्ला कमिटीको बैठकले अधिवेशनको अध्यक्ष मण्डलमा पार्टीका स्थायी कमिटी सदस्य एवम् झापा इन्चार्ज अग्नि खरेललाई संयोजकको जिम्मेवारी प्रदान गरेको छ । 

अध्यक्ष मण्डलको सदस्यहरूमा सबै केन्द्रीय सदस्यहरू, जिल्ला अध्यक्ष, सचिव र प्रदेश सदस्य खगेन्द्र नेपाल रहेका छन् । बैठकले बहस नोट कमिटी, माइन्यूट लेखनका लागि समेत जिम्मेवारी तोकेको छ ।