झापा / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रियता र राष्ट्रिय स्वाभिमानलाई धितो राखेर कुनै पनि विदेशी सहयोग नलिने बताएका छन् । 

झापाको मेचीनगरमा पार्टीको १ नम्बर क्षेत्रीय समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले विवादित अमेरिकी सहयोग परियोजना एमसीसीका बारेमा उक्त धारणा व्यक्त गरेका हुन् । 

OM Sai Pathibhara Hospital

उनले भने, ‘कुनै पनि विदेशी सहयोग लिँदा राष्ट्रियता र राष्ट्रिय स्वाभिमानलाई धितो राखेर लिइँदैन ।’   

उनले कसैको सैन्य र अरु कुनै पनि प्रकारको दासत्व स्वीकार गरेर सहयोग ग्रहण गर्न नसकिँने र एमसीसीको विषयमा छलफल र परामर्श गरेर मात्र निष्कर्षमा पुग्ने बताएका छन् ।

देश विकासका लागि अन्तर्राष्ट्रिय सहयोग सदैव स्वागतयोग्य रहने उल्लेख गर्दै उनले राष्ट्रवादको मनोविज्ञानले कहिलेकाहीँ विकासमा अवरोध पुर्‍याउने गरेकोसमेत चर्चा गरेका थिए।