काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भनिएको गुजरात समिट स्थगित भएको छ । 

भारतमा पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र गतिमा फैलिदै गएपछि गुजरात सरकारले समिट स्थगित गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

OM Sai Pathibhara Hospital

उक्त समिट जनवरी १० देखि १२ सम्म आयोजना गर्न लागिएको थियो । समिटमा भाग लिन जनवरी ९ तारेख अर्थात पुस २५ गते प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने तय भएको थियो । 

समिट स्थगित भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रोकिएको छ ।