महोत्तरी / नेपाली कांग्रेस महोत्तरीका पूर्वमहासचिव बजरङ्ग नेपाली आमरण अनशनमा बसेका छन् । 

क्षेत्रको अधिवेशन सम्पन्न नभई पुष २७ गते जिल्ला अधिवेशन निर्धारण गरेको भन्दै उनी आज बिहान ८ बजेदेखि अनशनमा बसेका हुन्।

OM Sai Pathibhara Hospital

क्षेत्र नम्बर ३ को अधिवेशन नै नसकी सुनियोजित ढङ्गबाट अधिवेशनको मिति निर्धारण गरेको भन्दै जिल्ला कार्यसमितिले पनि नेता नेपालीको अनशनलाई ऐक्यबद्धता जनाएको छ।

मंगलबार जिल्ला कार्यसमितिले केन्द्रलाई नेता नेपालीको भोक हड्तालप्रति ध्यानाकर्षण सहितको पत्रसमेत पठाइ सकेको छ। 

पत्रमा क्रियाशील सदस्य तथा अधिवेशनमा भाग लिनेहरूलाई पाखा लगाई जिल्ला अधिवेशनको मिति तोक्नु षड्यन्त्रपूर्ण र सुनियोजित भएको उल्लेख छ।

विवादकै कारण अझै महोत्तरीको क्षेत्र नम्बर ३ मा अधिवेशन हुन सकेको छैन। संस्थापन र संस्थापन इतरका बीच विवाद हुँदा क्षेत्र नम्बर ३ को अधिवेशन स्थगित भएको थियो।