बिर्तामोड / बालुवाटारस्थित ललिता निवासको जग्गा किर्ते प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री विजय गच्छदार र अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) लाई बाटो खुलेको छ ।

ललिता निवास  जग्गा प्रकरणबारे अनुसन्धान गरिरहेको सीआइबीलाई किर्ते र ठगीमा मुछिएका गच्छदार र बस्नेतलगायतलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको हो ।

अदालतले गच्छदार र बस्न्यातसँगै ३ सय बढीलाई पक्राउ गर्न सीआइबीलाई अनुमति दिएको छ । पक्राउ पुर्जी जारी भएकामा तत्कालीन मन्त्री र सचिव सहितका सरकारी अधिकारी अनि जग्गा हत्याउन सफल व्यापारी सम्म रहेका छन् ।