काठमाडौँ  / सरकार सञ्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई जिताउन आग्रह गरेको छ । 

प्रधानमन्त्रीको सरकारी निवासमा बसेको राजनीतिक संयन्त्रको बैठकले गठबन्धनका उम्मेदवारलाई जिताउन मतदातालाई अपिल गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

प्रवक्ता कार्कीका अनुसार बैठकले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनको सहमति अनुरूप नै अगाडि बढ्ने निर्णय गरेको छ । 

राष्ट्रिय सभा निर्वाचन आगामी माघ १२ गते हुँदै छ । त्यसका लागि सात वटै प्रदेशमा सत्ता गठबन्धनले समन्वय समिति गठन गरेको छ ।