राजनीति

    Showing 8,281-8,290 of 10,378 items.
  • कमल थापाले पार्टी छोडेपछि पार्टी थप बलियो बन्यो : राजेन्द्र लिङ्देन

    बिर्तामोड / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापाले पार्टी त्यागपछि पार्टी थप बलियो बनेको बताएका छन् ।सुर्खेत विमानस्थलमा शनिबार बिहान पत्रकारहरूसँग कुरा गर्दै लिङ्देनले भने,’उहाँले पार्टी छोड्दा राप्रपा थप बलियो बनेको छ । अझ बलियो शक्तिका रुपमा बदल्ने संकल्पका साथ अघि बढ्ने प्रेरणा मिलेको छ । यसले पार्टीलाई क्षति पुर्‍याएको छैन् ।’साथै लिङ्देनले आगामी वैशाख ३० को स्थानीय तहको निर्वाचनलाई राप्रपाले शक्ति प्रदर्शन गर्ने माध्यमका रुपमा लिएको पनि बताए । स्थानीय तहमा राप्रपाले जितेका ठाउँमा छुट्टै मोडालिटी तयार गरिने अध्यक्ष लिङ्देनले बताए । अहिले भ्रष्टाचार स्था

    • प्रकाशित मितिः फागुन २८, २०७८
    • 98 पटक पढिएको
  • चितवनमा वडाध्यक्षलाई दुर्व्यवहार गर्ने २ जना पक्राउ

    झापा / चितवनमा वडाध्यक्षलाई दुर्व्यवहार गर्ने २ जना पक्राउ परेका छन् ।  कालिका नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष टीका रिजाललाई दुर्व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका हुन ।वडाध्यक्ष रिजाललाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ पर्नेमा  गुणराज श्रेष्ठ र अर्का एकजना रहेको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ ।गत फागुन २३ गते वडा कार्यालयमा सेवाग्राहीसँग बसिरहेका बेला वडाध्यक्ष रिजालमाथि ६/७ जना रहेको समूहले दुर्व्यवहार गरेका थिए ।पक्राउ परेकाहरू विप्लव नेतृत्वको नेकपा छोडेका र विप्लवको नामबाट धम्काउने गिरोहका सदस्य भएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ । उनीहरूको समूहका अन्य

    • प्रकाशित मितिः फागुन २८, २०७८
    • 105 पटक पढिएको
  • सङ्खुवासभा भोटखोला-४ का वडाध्यक्ष भोटेसहित ७ जना पक्राउ

    झापा / सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ का वडाध्यक्ष पक्राउ परेका छन् । कीर्ते गरेर जग्गा जालसाजीको आरोपमा भोटखोला-४ का वडाध्यक्ष किङ्साङ भोटेसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको लालध्वज सुवेदीले जानकारी दिए ।जग्गा जालसाजी गरेको आरोपमा प्रहरीले अन्य ६ जनालाई पनि पक्राउ गरेको छ । पक्राउ परेका वडाध्यक्ष भोटेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका अन्यको भने नाम खुलाइएको छैन । भोटेसहित ७ जनालाई जग्गा कीर्ते गरेको आरोप लागेको छ । उनीहरूले अपर अरुण जलविद्युत् आयोजनास्थलको मुआब्जा क्षेत्रमा पर्ने जग्गा स्थानीय ७५ वर्षीय वृद्धालाई ललाइफकाइ गरेर रजिस्ट्रेसन पास गर

    • प्रकाशित मितिः फागुन २८, २०७८
    • 236 पटक पढिएको
  • कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र निर्वाचित

    झापा / नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित भएका छन् । दोस्रो चरणको निर्वाचनबाट सन्तोष यादवलाई पराजित गरी उनी निर्वाचित भएका हुन् ।शुक्रबार राति आएको मतपरिणाम अनुसार पजियार ६८९ को मतान्तरले निर्वाचित भएका हुन् । कुल खसेको दुई हजार ८१४ मतमध्ये पजियारले एक हजार ७३५ र यादवले एक हजार ४६ मत प्राप्त गरेका थिए भने ३३ मत बदर भएको निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जानकारी दिए ।कुल तीन हजार ११९ मतदाता रहेकोमा दोस्रो चरणको निर्वाचनमा दुई हजार ८१४ मत खसेको थियो । पहिलो चरणमा नतिजा आउन नसकेपछि दोस्रो चरणका लागि शुक्रबार मतदान भएको थियो ।

    • प्रकाशित मितिः फागुन २८, २०७८
    • 116 पटक पढिएको
  • श्रममन्त्री युएई भ्रमणमा जाने

    काठमाडौं / मन्त्रिपरिषद्को बैठकले भ्रमण गर्न स्वीकृति दिने निर्णय गरेसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधि मण्डल संयुक्त अरब इमिरेट्स (यूएई)को भ्रमणमा जाने भएको छ ।  शुक्रबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले श्रम मन्त्रीको भ्रमणले विदेशमा रहेका नेपाली कामदारका लागि सहयोग पुग्ने उल्लेख गरेका थिए । उनले कानुन अनुसार ति देशमा कामदारले पाउने सुविधा दिलाउन सहयोग हुने बताएका छन् । 

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 106 पटक पढिएको
  • स्वतन्त्रता पाएर छाडा हुँदै गएको : ओलीको भनाई

    काठमाडौँ / एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्रताको नाममा नेपालमा पछिल्लो समय  छाडापन बढेको बताएका छन् । ओलीले (शुक्रबार) पोखरामा प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय सम्मेलनको उद्घाटन पश्चात् सम्बोधन गदै स्वतन्त्रता पाएसँगै आम सञ्चारका माध्यमदेखि सामाजिक सञ्जालसम्म छाडापन बढेको र स्वतन्त्रताको सही सदुपयोग गर्न नसक्ने स्थिति देखिएको बताएका छन् ।उनले अबको सञ्चार क्षेत्रले उपलब्धिलाई सही ढंगले सदुपयोग गर्न सक्नुपर्ने बताएका छन् । उनले प्रेस स्वतन्त्रता आवश्यक रहेको तर नियन्त्रित हुनु जरुरी रहेको पनि बताएका छन् । नेपालमा अहिलेसम्म कुनै पनि शासकले प्र

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 102 पटक पढिएको
  • प्रदेश १: सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक,२०७८ स्वीकृत

    बिर्तामोड / प्रदेश नंं. १ मन्त्रिपरिषद्को बैठकले प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८ स्वीकृत गरेको छ ।शुक्रबार मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८ प्रदेशसभामा प्रस्तुत गर्न स्वीकृति प्रदान गरेको हो । यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार विधेयक प्रस्तुत गर्न स्वीकृत गरेको बताएका छन् ।साथै, बैठकले प्रदेश लोकसेवा आयोगको ऐन, २०७६ को अनुसूची २ र ३ लाई संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 104 पटक पढिएको
  • निर्माण व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

    काठमाडौं / एमसीसी संसदबाट पारित भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पूर्वाधार निर्माणको ग्लोबल टेन्डरमा सहभागी हुन नेपालका निर्माण व्यवसायीलाई आह्वान गरेका छन् ।प्रधानमन्त्री देउवाले नेपाल निर्माण व्यवसायी महासङ्घको साधारणसभामा अमेरिकी कानुन अनुसार अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराउनुपर्ने बाध्यता रहेको बताएका छन् । देउवाले नेपालका निर्माण व्यवसायीले पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन आग्रह गरेका छन् ।उनले एमसीसीमा हुने ग्लोबल बिडिङमा नेपालका ठेकेदारलाई पनि प्रतिस्पर्धा गरेर सफल भए सबैभन्दा बढी आफू खुसी हुने समेत बताएका छन् । 

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 116 पटक पढिएको
  • यस्तो छ आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

    काठमाडौं / आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सर्वाजनिक गरिएको छ ।  संघीय संसद सचिवालयले आइतबार दिउँसो एक बजे बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची शुक्रबार सार्वजनिक गरेको हो ।सचिवालयका अनुसार बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले समितिको एक्काइसौँ वार्षिक प्रतिवेदन पेश गर्नेछन् । यस्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने जनाएको छ ।

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 110 पटक पढिएको
  • माओवादी केन्द्र बिर्तामोड नगर कमिटीको अध्यक्षमा सुब्बा चयन

    बिर्तामोड / नेकपा माओवादी केन्द्र बिर्तामोड नगर कमिटीको अध्यक्षमा मोहन सुब्बा चयन भएका छन । कमिटीको उपाध्यक्षमा जनबहादुर  जबेगु र कमल कडरिया , त्यस्तै सचिव गणेश कालिकोटे, सहसचिव सन्दिप प्रसाईं र कोषाध्यक्ष कृष्ण लिम्बू चयन भएका छन । महिला उपाध्यक्ष टुङ्गो लगाउन बाँकी छ । माओवादी केन्द्रले शुक्रवार नगर पार्टी कार्यालयमा घोषणा सभा आयोजना गरि पदाधिकारीको नाम सार्वजनिक गरेको हो । नयाँ निर्वाचित पदाधिकारीहरूलाई कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने , जिल्ला सह-इन्चार्जहरु सिपी कडरिया, ज्योतिसिंह दर्लामी, झापा संयोजक अग्नि आचार्य लगायतले शुभकामना दिएको

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 130 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.