झापा / चितवनमा वडाध्यक्षलाई दुर्व्यवहार गर्ने २ जना पक्राउ परेका छन् ।  कालिका नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष टीका रिजाललाई दुर्व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका हुन ।
वडाध्यक्ष रिजाललाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ पर्नेमा  गुणराज श्रेष्ठ र अर्का एकजना रहेको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ ।

गत फागुन २३ गते वडा कार्यालयमा सेवाग्राहीसँग बसिरहेका बेला वडाध्यक्ष रिजालमाथि ६/७ जना रहेको समूहले दुर्व्यवहार गरेका थिए ।

OM Sai Pathibhara Hospital

पक्राउ परेकाहरू विप्लव नेतृत्वको नेकपा छोडेका र विप्लवको नामबाट धम्काउने गिरोहका सदस्य भएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ । उनीहरूको समूहका अन्य व्यक्तिलाई पनि चाँडै नै पक्राउ गरिने प्रहरीले जनाएको छ ।