गत फागुन २३ गते वडा कार्यालयमा सेवाग्राहीसँग बसिरहेका बेला वडाध्यक्ष रिजालमाथि ६/७ जना रहेको समूहले दुर्व्यवहार गरेका थिए ।
पक्राउ परेकाहरू विप्लव नेतृत्वको नेकपा छोडेका र विप्लवको नामबाट धम्काउने गिरोहका सदस्य भएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ । उनीहरूको समूहका अन्य व्यक्तिलाई पनि चाँडै नै पक्राउ गरिने प्रहरीले जनाएको छ ।






































