काठमाडौँ / एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्रताको नाममा नेपालमा पछिल्लो समय  छाडापन बढेको बताएका छन् । ओलीले (शुक्रबार) पोखरामा प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय सम्मेलनको उद्घाटन पश्चात् सम्बोधन गदै स्वतन्त्रता पाएसँगै आम सञ्चारका माध्यमदेखि सामाजिक सञ्जालसम्म छाडापन बढेको र स्वतन्त्रताको सही सदुपयोग गर्न नसक्ने स्थिति देखिएको बताएका छन् ।

उनले अबको सञ्चार क्षेत्रले उपलब्धिलाई सही ढंगले सदुपयोग गर्न सक्नुपर्ने बताएका छन् । उनले प्रेस स्वतन्त्रता आवश्यक रहेको तर नियन्त्रित हुनु जरुरी रहेको पनि बताएका छन् । नेपालमा अहिलेसम्म कुनै पनि शासकले प्रेस र सञ्चारलाई संगठित रुपमा प्रयोग गर्न नसकेको बताउँदै ओलीले प्रेस स्वतन्त्रताको लामो इतिहास नरहेको बताएका छन् । 

OM Sai Pathibhara Hospital

प्रेस स्वतन्त्रता मानव अधिकारकै विषय रहेको भएपनि यसको सदुपयोगमा अग्रसर हुनुपर्नेमा समेत उनको जोड थियो ।