काठमाडौं / एमसीसी संसदबाट पारित भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पूर्वाधार निर्माणको ग्लोबल टेन्डरमा सहभागी हुन नेपालका निर्माण व्यवसायीलाई आह्वान गरेका छन् ।

प्रधानमन्त्री देउवाले नेपाल निर्माण व्यवसायी महासङ्घको साधारणसभामा अमेरिकी कानुन अनुसार अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराउनुपर्ने बाध्यता रहेको बताएका छन् । देउवाले नेपालका निर्माण व्यवसायीले पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन आग्रह गरेका छन् ।

OM Sai Pathibhara Hospital

उनले एमसीसीमा हुने ग्लोबल बिडिङमा नेपालका ठेकेदारलाई पनि प्रतिस्पर्धा गरेर सफल भए सबैभन्दा बढी आफू खुसी हुने समेत बताएका छन् ।