बिर्तामोड / प्रदेश नंं. १ मन्त्रिपरिषद्को बैठकले प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८ स्वीकृत गरेको छ ।

शुक्रबार मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८ प्रदेशसभामा प्रस्तुत गर्न स्वीकृति प्रदान गरेको हो । यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार विधेयक प्रस्तुत गर्न स्वीकृत गरेको बताएका छन् ।

OM Sai Pathibhara Hospital

साथै, बैठकले प्रदेश लोकसेवा आयोगको ऐन, २०७६ को अनुसूची २ र ३ लाई संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।