बिर्तामोड / नेकपा माओवादी केन्द्र बिर्तामोड नगर कमिटीको अध्यक्षमा मोहन सुब्बा चयन भएका छन । कमिटीको उपाध्यक्षमा जनबहादुर  जबेगु र कमल कडरिया , त्यस्तै सचिव गणेश कालिकोटे, सहसचिव सन्दिप प्रसाईं र कोषाध्यक्ष कृष्ण लिम्बू चयन भएका छन । महिला उपाध्यक्ष टुङ्गो लगाउन बाँकी छ । माओवादी केन्द्रले शुक्रवार नगर पार्टी कार्यालयमा घोषणा सभा आयोजना गरि पदाधिकारीको नाम सार्वजनिक गरेको हो । नयाँ निर्वाचित पदाधिकारीहरूलाई कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने , जिल्ला सह-इन्चार्जहरु सिपी कडरिया, ज्योतिसिंह दर्लामी, झापा संयोजक अग्नि आचार्य लगायतले शुभकामना दिएको कार्यक्रमको सञ्चालन नगर इन्चार्ज युवराज दाहालले गरेका थिए ।