काठमाडौं / मन्त्रिपरिषद्को बैठकले भ्रमण गर्न स्वीकृति दिने निर्णय गरेसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधि मण्डल संयुक्त अरब इमिरेट्स (यूएई)को भ्रमणमा जाने भएको छ ।  

शुक्रबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले श्रम मन्त्रीको भ्रमणले विदेशमा रहेका नेपाली कामदारका लागि सहयोग पुग्ने उल्लेख गरेका थिए । उनले कानुन अनुसार ति देशमा कामदारले पाउने सुविधा दिलाउन सहयोग हुने बताएका छन् ।