झापा / सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ का वडाध्यक्ष पक्राउ परेका छन् । कीर्ते गरेर जग्गा जालसाजीको आरोपमा भोटखोला-४ का वडाध्यक्ष किङ्साङ भोटेसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको लालध्वज सुवेदीले जानकारी दिए ।

जग्गा जालसाजी गरेको आरोपमा प्रहरीले अन्य ६ जनालाई पनि पक्राउ गरेको छ । पक्राउ परेका वडाध्यक्ष भोटेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका अन्यको भने नाम खुलाइएको छैन । भोटेसहित ७ जनालाई जग्गा कीर्ते गरेको आरोप लागेको छ ।

OM Sai Pathibhara Hospital

 उनीहरूले अपर अरुण जलविद्युत् आयोजनास्थलको मुआब्जा क्षेत्रमा पर्ने जग्गा स्थानीय ७५ वर्षीय वृद्धालाई ललाइफकाइ गरेर रजिस्ट्रेसन पास गरेको खुलेको छ । मुआब्जाभित्र पर्ने २७ रोपनी जग्गा १ लाख दिएर पास गरेको बताइएको छ ।