राजनीति

    Showing 8,121-8,130 of 10,376 items.
  • केरुङले छाडे जसपा स्वतन्त्र बस्ने निर्णय

    बिर्तामोड / २०७० सालमा जसपा प्रवेश गरेका भद्रपुर नगरपालिका - २ सगरमाथा चोक निवासी विजयकुमार केरुङले जनता समाजवादी पार्टीबाट अलग हुने  निर्णय लिएका छन् । आफ्नै घरायसी र व्यवसायीक व्यस्तताको कारणले पार्टीबाट अलग भई स्वतन्त्र बस्ने निर्णय लिएको उनले बताए । उनले बुधबार विज्ञप्ति जारी गर्दै पार्टीबाट अलग हुने निर्णय लिएका हुन् ।  जसपाको प्रदेश सदस्य समेत रहेका केरुङ सक्रिय कार्यकर्ताको रुपमा आबद्ध भई झापा क्षेत्र नम्बर ३ को क्षेत्रीय संयोजक  रहेर काम गर्दै आइरहेका थिए । हाल उनी दक्षिणकाली इँटा उद्योग (डिबीआई) र केरुङ निर्माण सेवा प्रा. लि.का सञ्चालक हुन् । 

    • प्रकाशित मितिः चैत २४, २०७८
    • 134 पटक पढिएको
  • स्थानीय तह निर्वाचन : धरानमा एउटै चुनाव चिन्हबाट उम्मेदवारी दिने गठबन्धनको तयारी

    धरान / आसन्न स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकामा सत्ता गठबन्धन दलले एउटै चुनाव चिन्हबाट उम्मेदवारी दिने भएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाका नेताहरूले धरान उपमहानगरमा मेयर र उपमेयरबाहेक वडाअध्यक्ष देखि सदस्यले समेत एउटै चुनाव चिन्हबाट उम्मेदवारी दिने भएका हुन् । मंगलबार धरानमा बसेको गठबन्धन दलको बैठकले गठबन्धन दलका नेताहरू एउटै चुनाव चिन्हबाट उम्मेद्वार बन्ने निर्णय गरेको नेपाली कांग्रेस धरानका नगरसभापति श्याम पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार एउटै चुनाव चिन्हबाट निर्वाचनमा उम्मेदवार बन्दा आइपर्ने कानुनी जटिलताको समाधान

    • प्रकाशित मितिः चैत २४, २०७८
    • 102 पटक पढिएको
  • गैरसांसद बन्दी कानुन मन्त्रीमा नियुक्त मन्त्री बडु उद्योग वाणिज्य मन्त्रालयमा

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गैरसांसदलाई कानुन, न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त गरेकी छिन् । अधिवक्ता गोविन्दप्रसाद शर्मा कोइरालालाई  राष्ट्रपति भण्डारीले आज प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री पदमा नियुक्त गरेकी हुन् । वन्दीलाई दिउँसो २ बजे पछि पद तथा गोपनियताको सपथ गराउने राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिएका छन् । बन्दीको कार्यकाल गैरसांसदका रुपमा ६ महिनाको हुनेछ ।यस्तै कानुन मन्त्री बन्दीलाई नियुक्त गरेपछि नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्राल

    • प्रकाशित मितिः चैत २४, २०७८
    • 124 पटक पढिएको
  • सुन्दरहरैंचाको मेयर पदमा डा.भट्टराईको स्वतन्त्र उम्मेदवारी

    विराटनगर / आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागी  मोरङको सुन्दरहरैंचा नगरपालिकाको मेयर पदमा डा. प्रकाश भट्टराईले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।  सुन्दरहरैंचा नगरपालिका-५ का भट्टराईले राजनीतिक दलभन्दा  बाहिर रहेर स्वतन्त्र उमेदवारको रुपमा उम्मेदवारी घोषणा गरेका हुन् । बिभिन्न क्षेत्रमा ज्ञान हासिल गरिसकेका उनले बुधबार  पत्रकार सम्मेलन गरेर आफ्नो उम्मेदवारी बारे धारणा सार्वजानिक गरेका थिए । नगरपालिका प्रमुख पदमा बिजयी भएमा  म जन्मे हुर्केको  सुन्दरहरैँचालाई अझै बढि सुन्दर र व्यवस्थित बनाउने सपनालाई मूर्तरूप प्रदान गर्न यहाँहरूको भरपर्दो साथ, सहय

    • प्रकाशित मितिः चैत २४, २०७८
    • 108 पटक पढिएको
  • इलामको सूर्योदयमा कांग्रेसबाट नगर प्रमुखमा ११ र उप-प्रमुखमा ६ जनाको दाबी

    इलाम / आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागी इलामको सूर्योदय नगरपालिकामा नेपाली कांग्रेसबाट नगर प्रमुखमा ११ र उप-प्रमुखमा  ६ जनाले दाबी गरेका छन् ।सूर्योदय नगरपालिका प्रदेश १ को पहाडी जिल्लाको सबैभन्दा ठुलो नगरपालिका हो । कांग्रेसबाट नगर प्रमुखमा दाबी गर्नेहरुमा प्रथम स्थानीय तह चुनावमा पराजित प्रेमलाल राई , दुर्गा बराल ,  भीष्म प्रधान , उद्धव पौडेल, निस्कल राई, मोहन श्रेष्ठ,  मिलन क्षेत्री, हरि लुँइटेल , राजकुमार रेसेङ, जीवन नेपाल र देवेन्द्र राई रहेका छन् ।  बराल र प्रधान  कांग्रेसको  पूर्व क्षेत्रीय सभापति समेत हुन् । पौडेल महाधिवेशन प्रति

    • प्रकाशित मितिः चैत २४, २०७८
    • 121 पटक पढिएको
  • धादिङमा पालिका अध्यक्षमाथि आक्रमण गर्ने पक्राउ

    धादिङ / धादिङको खनियाबास गाउँपालिका-३ बच्छलामा गाउँपालिका अध्यक्ष रणबहादुर तामाङमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कांग्रेसका कार्यकर्ता राजु पाख्रिन रहेका छन् । पाख्रिन र अध्यक्ष तामाङबीच नेपाली कांग्रेस वडाध्यक्षको टिकटको  विषयलाई लिएर विवाद भएको बताइएको छ । अध्यक्ष तामाङ कांग्रेसका प्रदेश क्षेत्रीय सभापतिसमेत हुन् । पाख्रिनको आक्रमण पछि घाइते भएका अध्यक्ष तामाङको सत्यदेवी स्वास्थ्यचौकीमा उपचार गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए ।

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 101 पटक पढिएको
  • इलाममा ४ राजनीतिक दल बिच चुनावी गठबन्धन

    इलाम /  इलामको इलाम नगरपालिकामा ४ राजनीतिक दल बिच  स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने सहमति भएको छ । प्रत्येक राजनीतिक दलबाट ४/४ जना गरि १६ जनाको समिति निर्माण भएको नेकपा माओवादी केन्द्र इलाम नगर अध्यक्ष प्रभास शर्माले जानकारी दिएका छन् ।मंगलबार जनता समाजवादी पार्टीको कार्यालयमा बसेको बैठकबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी  बिच गठबन्धन गर्ने सहमति भएको हो  । 

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 173 पटक पढिएको
  • भारत भ्रमणमा जाँदै पूर्व राजा ज्ञानेन्द्र, भारतीय प्रधानमन्त्री मोदीसँग पनि भेट गर्ने

    बिर्तामोड / पूर्व राजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा जाने भएका छन् । हाल झापाको दमकमा रहेका पूर्व राजा ज्ञानेन्द्र आचार्य महामण्डलेश्वरकाे निमन्त्रणामा झापाबाटै भारत भ्रमणमा जाने भएका हुन् । भ्रमणको मिति भने तय भइसकेको छैन् । राजा ज्ञानेन्द्रले भारत भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ । पूर्व रानी कोमल र छोरा प्रेरणाको साथमा पूर्व राजा ज्ञानेन्द्र गत चैत ११ गते झापा आएका थिए । २०८९ सालको नयाँ वर्ष झापामै मनाउने योजना रहेको बताइएको छ । नयाँ वर्ष सकिए लगतै राजा ज्ञानेन्द्र झापाबाटै सिलगुडी हुँदै नयाँदिल्ली जाने बताइएको छ । पछ

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 149 पटक पढिएको
  • मोरङमा जनप्रतिनिधिहरूले धमाधम बेरुजु फिर्ता गर्दै

    विराटनगर / स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्नका लागी मोरङमा जनप्रतिनिधिले धमाधम बेरुजु फछर्यौट गर्न थालेका छन् । निर्वाचन आयोगले स्थानीय तहको बेरुजु रहेकाहरू निर्वाचनमा उम्मेदवार बन्न नपाउने आचारसंहिता बनाएपछि मोरङमा जनप्रतिनिधिहरूले धमाधम बेरुजु फर्छ्यौट गर्न थालेका हुन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा मोरङको विराटनगर महानगरपालिका र मिक्लाजुङ गाउँपालिकाका जनप्रतिनिधिहरूले धमाधम बेरुजु रकम फछर्यौट गर्न थालेका हुन् । विराटनगर महानगरपालिकाको आर्थिक वर्ष ०७६/०७७ मा फछर्यौट रकम  १० कराेड ४१ लाख ४३ हजार रुपैयाँ रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । अहिले सम्म व

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 104 पटक पढिएको
  • सगरमाथामा राप्रपाको झण्डा

    बिर्तामोड /  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको झण्डा सगरमाथामा फहराईने भएको छ।आरोही पासाङ्ग शेर्पाले सगरमाथा आरोहण गर्ने क्रममा राप्रपा नेपालको झण्डा फहराउने भएका हुन्।आज  काठमाडौ जिल्ला समितिद्वारा आयोजित अगुवा कार्यकर्ता भेलाको क्रममा सगरमाथाको चुचुरोमा राप्रपा नेपालको झण्डा फहराउने आरोही पासाङ्ग शेर्पाको ईच्छा अनुरुप पार्टी अध्यक्ष कमल थापाले पार्टीको झण्डा शेर्पालाई हस्तान्तरण गरेका हुन्।अध्यक्ष थापाले आरोही शेर्पालाई सफल सगरमाथा आरोहणको निमित्त शुभकामना दिएका छन्।

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 122 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.