विराटनगर / स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्नका लागी मोरङमा जनप्रतिनिधिले धमाधम बेरुजु फछर्यौट गर्न थालेका छन् । 

निर्वाचन आयोगले स्थानीय तहको बेरुजु रहेकाहरू निर्वाचनमा उम्मेदवार बन्न नपाउने आचारसंहिता बनाएपछि मोरङमा जनप्रतिनिधिहरूले धमाधम बेरुजु फर्छ्यौट गर्न थालेका हुन् । 

OM Sai Pathibhara Hospital

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा मोरङको विराटनगर महानगरपालिका र मिक्लाजुङ गाउँपालिकाका जनप्रतिनिधिहरूले धमाधम बेरुजु रकम फछर्यौट गर्न थालेका हुन् । 

विराटनगर महानगरपालिकाको आर्थिक वर्ष ०७६/०७७ मा फछर्यौट रकम  १० कराेड ४१ लाख ४३ हजार रुपैयाँ रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

अहिले सम्म वेवास्ता गर्दै बसेका जनप्रतिनिधिहरूले चुनाव नजिकिँदै गर्दा धमाधम आफ्नो नाममा रहेको बेरुजु रकम तिर्न थालेका विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जानकारी दिए । 

त्यस्तै मिक्लाजुङ गाउँपालिकामा पनि जनप्रतिनिधिहरू धमाधम बेरुजु रकम तिर्नका लागि आउन थालेका मिक्लाजुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमप्रसाद पौडेल बताए । उनका अनुसार पुनः निर्वाचनमा पार्टीले उम्मेदवार बनाउने भयो भन्दै आउने गरेका छन् । 

मिक्लाजुङमा गत आवमा मात्रै ९२ लाख ९८ हजार रुपैयाँ असुलउपर गर्न महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

निर्वाचन अयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवार हुँदा स्वघोषणा गर्नुपर्ने व्यवस्थामा समेत सरकारी पेस्की बेरुजु नभएको भनी उम्मेदवारले स्वघोषणा गर्नुपर्ने जनाएको छ ।