बिर्तामोड / पूर्व राजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा जाने भएका छन् ।

हाल झापाको दमकमा रहेका पूर्व राजा ज्ञानेन्द्र आचार्य महामण्डलेश्वरकाे निमन्त्रणामा झापाबाटै भारत भ्रमणमा जाने भएका हुन् । 

OM Sai Pathibhara Hospital

भ्रमणको मिति भने तय भइसकेको छैन् । राजा ज्ञानेन्द्रले भारत भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ । 

पूर्व रानी कोमल र छोरा प्रेरणाको साथमा पूर्व राजा ज्ञानेन्द्र गत चैत ११ गते झापा आएका थिए । २०८९ सालको नयाँ वर्ष झापामै मनाउने योजना रहेको बताइएको छ । 

नयाँ वर्ष सकिए लगतै राजा ज्ञानेन्द्र झापाबाटै सिलगुडी हुँदै नयाँदिल्ली जाने बताइएको छ । पछिल्लो समय पूर्व राजा ज्ञानेन्द्रले राजनीतिज्ञहरूको भेटलाई तिव्रता दिएका छन् । 

राजा ज्ञानेन्द्रले एक महिना अघि दक्षिण एसियाली सहयोग संगठन (सार्क)का महासचिव इशाला रुवानसँग भेटवार्ता गरेका थिए । बीराकोनले निर्मल निवासमै गएर राजालाई भेटेका थिए । 

त्यस्तै प्राप्त जानकारी अनुसार विभिन्न मुलुकका राजदूतहरूले पनि राजासँग भेट गर्नका लागि समय लिइरहेका छन् । राजा भारत भ्रमण सकेर नेपाल आएपछि राजनीतिज्ञहरूसँग भेटघाट नर्न समयको व्यवस्थापन गरिने बताइएको छ ।