बिर्तामोड / २०७० सालमा जसपा प्रवेश गरेका भद्रपुर नगरपालिका - २ सगरमाथा चोक निवासी विजयकुमार केरुङले जनता समाजवादी पार्टीबाट अलग हुने  निर्णय लिएका छन् । आफ्नै घरायसी र व्यवसायीक व्यस्तताको कारणले पार्टीबाट अलग भई स्वतन्त्र बस्ने निर्णय लिएको उनले बताए । उनले बुधबार विज्ञप्ति जारी गर्दै पार्टीबाट अलग हुने निर्णय लिएका हुन् । 

जसपाको प्रदेश सदस्य समेत रहेका केरुङ सक्रिय कार्यकर्ताको रुपमा आबद्ध भई झापा क्षेत्र नम्बर ३ को क्षेत्रीय संयोजक  रहेर काम गर्दै आइरहेका थिए । हाल उनी दक्षिणकाली इँटा उद्योग (डिबीआई) र केरुङ निर्माण सेवा प्रा. लि.का सञ्चालक हुन् ।