इलाम /  इलामको इलाम नगरपालिकामा ४ राजनीतिक दल बिच  स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने सहमति भएको छ । प्रत्येक राजनीतिक दलबाट ४/४ जना गरि १६ जनाको समिति निर्माण भएको नेकपा माओवादी केन्द्र इलाम नगर अध्यक्ष प्रभास शर्माले जानकारी दिएका छन् ।

मंगलबार जनता समाजवादी पार्टीको कार्यालयमा बसेको बैठकबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी  बिच गठबन्धन गर्ने सहमति भएको हो  ।