इलाम / आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागी इलामको सूर्योदय नगरपालिकामा नेपाली कांग्रेसबाट नगर प्रमुखमा ११ र उप-प्रमुखमा  ६ जनाले दाबी गरेका छन् ।

सूर्योदय नगरपालिका प्रदेश १ को पहाडी जिल्लाको सबैभन्दा ठुलो नगरपालिका हो । कांग्रेसबाट नगर प्रमुखमा दाबी गर्नेहरुमा प्रथम स्थानीय तह चुनावमा पराजित प्रेमलाल राई , दुर्गा बराल ,  भीष्म प्रधान , उद्धव पौडेल, निस्कल राई, मोहन श्रेष्ठ,  मिलन क्षेत्री, हरि लुँइटेल , राजकुमार रेसेङ, जीवन नेपाल र देवेन्द्र राई रहेका छन् ।  बराल र प्रधान  कांग्रेसको  पूर्व क्षेत्रीय सभापति समेत हुन् ।

OM Sai Pathibhara Hospital

पौडेल महाधिवेशन प्रतिनिधि हुन् भने अर्का दाबेदार निस्कल राई इलामको संघीय निर्वाचन प्रदेश सभा २ का नेपाली कांग्रेस सभापति हुन् । लुँइटेल नेपाल पत्रकार महासङ्घका साधारण सदस्य  हुन् । सूर्योदय नगरपालिका १ का वडाध्यक्ष समेत रहेका रेसेङले पनि नगर प्रमुख पदमा दाबी गरेका छन् ।

 यस्तै उपप्रमुख पदमा सीता घिसिङ , मैैया लिम्बू , राधिका क्षेत्री , निर्मला अग्रवाल, देवी कट्टेल र दुर्गा बरालको दाबी रहेको छ । उपप्रमुख पदकी दाबेदार सीता घिसिङ काङ्ग्रेसकी नेतृ हुन् । यस्तै अर्की दाबेदार लिम्बू नेपाली कांग्रेस संघीय निर्वाचन क्षेत्र प्रदेश १ की सभापति हुन् ।

महाधिवेशन प्रतिनिधि कट्टेलले पनि उपप्रमुख पदमा दाबी गरेकी छिन् । उपप्रमुख पदमा दाबी गरिरहेकी अग्रवाल भने सूर्योदय नगरपालिका  नेपाली कांग्रेस नगर उप-सभापति हुन ।