धादिङ / धादिङको खनियाबास गाउँपालिका-३ बच्छलामा गाउँपालिका अध्यक्ष रणबहादुर तामाङमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 पक्राउ पर्नेमा कांग्रेसका कार्यकर्ता राजु पाख्रिन रहेका छन् । पाख्रिन र अध्यक्ष तामाङबीच नेपाली कांग्रेस वडाध्यक्षको टिकटको  विषयलाई लिएर विवाद भएको बताइएको छ ।

OM Sai Pathibhara Hospital

अध्यक्ष तामाङ कांग्रेसका प्रदेश क्षेत्रीय सभापतिसमेत हुन् । पाख्रिनको आक्रमण पछि घाइते भएका अध्यक्ष तामाङको सत्यदेवी स्वास्थ्यचौकीमा उपचार गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए ।