काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गैरसांसदलाई कानुन, न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त गरेकी छिन् । अधिवक्ता गोविन्दप्रसाद शर्मा कोइरालालाई  राष्ट्रपति भण्डारीले आज प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री पदमा नियुक्त गरेकी हुन् । 

वन्दीलाई दिउँसो २ बजे पछि पद तथा गोपनियताको सपथ गराउने राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिएका छन् । बन्दीको कार्यकाल गैरसांसदका रुपमा ६ महिनाको हुनेछ ।

OM Sai Pathibhara Hospital

यस्तै कानुन मन्त्री बन्दीलाई नियुक्त गरेपछि नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सारिएको छ  ।