राजनीति

    Showing 8,111-8,120 of 10,374 items.
  • २०७४ को निर्वाचनमा प्रदेश १ का दुई पालिकामा एमालेको एक छत्र परिणाम

    बिर्तामोड / २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले प्रदेश १ का दुई पालिकामा एकछत्र परिणाम निकालेको थियो । एमालेले धनकुटाको पाख्रिबास नगरपालिका र पाँचथरको हिलिहाङ गाउँपालिकामा एक छत्र परिणाम निकालेको हो । पाख्रिबास नगरपालिकामा दश वटा वडा छन् । २०७४ सालको स्थानीय निर्वाचनमा एमालेले दश वटै वडासहित नगर प्रमुख र उपप्रमुख जितेको थियो । पाख्रिबास नगरपालिकाको प्रमुखमा एमालेका वृष बहादुर राई विजयी भएका थिए । राईले ४४ सय ३९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी इन्दिरा थापाले १६ सय २८ मत प्राप्त गरेकी थिइन् । उपप्रमुखमा एमालेकै देवकला पौडेल (तिम्सिना) विजयी भएकी थिइन् । त्यस्तै वडाध्यक्षमा एम

    • प्रकाशित मितिः चैत २६, २०७८
    • 102 पटक पढिएको
  • मन्त्रीपरिषदको निर्णय राखियो गोप्य

    बिर्तामोड / अन्तराष्ट्रिय बजारमा भएको मूल्यवृद्धिका कारण व्यापार घाटा खेपीरहेको समयमा अर्थतन्त्रमा सुधार ल्याउन सरकारले दुई दिन सार्वजनिक बिदा दिन गृहकार्य थालेको छ । दैनिक बढ्दै गरेको आयात धान्नै नसक्ने स्थितिमा पुगेपछि अर्थतन्त्रमा सुधार ल्याउन राष्ट्र बैंकले पठाएको प्रस्ताव स्विकार्दै मन्त्रिपरिषद्को बैठकले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले बिदाको निर्णय गरेपनि आन्तरिक तयारी नपुगेकाले सो निर्णय औपचारिक रुपमा सार्वजनिक भने गरेको छैन । विलासी बस्तुको आयात बढेकाले विदेशी मुद्रा सञ्चिति घटेपछि नेपाल राष्ट्र बैंकले सवारीसाधन र सुन तथा चाँदी सहित ३०० भन्दा वढ

    • प्रकाशित मितिः चैत २५, २०७८
    • 123 पटक पढिएको
  • काठमाडौँमा वृहत जनसभा गर्दै एकीकृत समाजवादी

    काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी काठमाडौँ जिल्ला कमिटीले चैत २६ गते वृहत जनसभाको आयोजना गरेको  छ । काठमाडौँको भृकुटी मण्डपमा आयोजना हुने जनसभालाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने छन् । सभामा काठमाडौँ जिल्लाको ११ वटै नगरका  हजारौँको सङ्ख्यामा समर्थक सहभागी हुने आकलन गरिएको छ ।  चैत २६ गते लागेको सभामा ११ बजे देखी आर आर क्याम्पस अगाडिबाट  मोटरसाइकल र्याली समेत हुने एकीकृत समाजवादी काठमाडौँ जिल्ला कमिटीका सचिव एलपी श्रेष्ठले बताएका छन् । 

    • प्रकाशित मितिः चैत २५, २०७८
    • 98 पटक पढिएको
  • कांग्रेसले विराटनगर महानगरपालिका र सुनवर्षी नगरपालिकामा गठबन्धन नगरी चुनाब लड्ने

    विराटनगर / आगामी स्थानीय  तहको चुनावमा प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसले  एक्लै चुनाब लड्ने निर्णय लिएको छ । दुई दिन अघि बसेको बैठकले विराटनगरमा कुनै पनि गठबन्धन आवश्यक नपर्ने बताएको छ । विराटनगर महानगरपालिका भित्र रहेका १९ वटा वडा मध्ये कुनै पनि वडामा गठबन्धन नहुने  नगर सभापति दीपक चापागाईँले बताए । उनका अनुसार विराटनगरका सबै वडाहरूमा स्थानीय चुनाबका लागी उम्मेदवारको नामावली संकलन र सिफारिसको काम भइरहेको छ । ०७४ सालको निर्वाचनमा विराटनगरमा काँग्रेसले १९ नम्बर वडासहित ८ वटा वडा जितेको थियो , भने संघीय समाजवादी फोरमले ६, एमालेल

    • प्रकाशित मितिः चैत २५, २०७८
    • 120 पटक पढिएको
  • बार एसोसिएशनमा सत्तारुढ दलको प्यानल नै बिजयी

    बिर्तामोड / नेपाल बार एसोसिएशनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन्।उनी १४ सय मत गणना गर्न बाँकी छँदै अध्यक्षमा निर्वाचित भएका हुन्। यसको आधिकारिक घोषणा हुन बाँकी छ।बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहको तर्फबाट अध्यक्षका उम्मेदवार घिमिरेलेले ३७२८ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्षका उम्मेदवार विष्णुमणि अधिकारीले १९७७ मत प्राप्त गरेका छन्।बारका प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार बिहीबार रातिसम्म ६ हजार मत गणना भएको छ। बारको निर्वाचनमा ७४२९ मत खसेको थियो।अब १४२९ मतगणना गर्

    • प्रकाशित मितिः चैत २५, २०७८
    • 119 पटक पढिएको
  • फिक्कलको अध्यक्षमा एमाले नेता बरालको दाबी

    बिर्तामोड / आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सरगर्मी बढिरहेको छ । अहिले दलहरु नेतृतव हाक्न सक्ने उम्मेदवारहरुको खोजीमा छन् । यस्तोमा युवा नेता राजु बरालले सिन्धुलीको फिक्कल गाउँपालिका अध्यक्षमा दाबी गरेका छन् ।नेकपा एमाले सिन्धुलीको जिल्ला कमिटी सदस्य समेत रहेका बरालले गाउँपालिका अध्यक्षमा चुनाव लड्ने इच्छा व्यक्त गरेका छन् । उनले आफू गाउँ–गाउँमा गएर संगठन विस्तारमा लागेको उनले बताए ।फिक्कलमा बराल सबैभन्दा बलिया उम्मेदवार हुन् । उनलाई टिकट दिदा एमालेले गठबन्धनको बाबजुद पनि जित सुनिश्चित हुने एमाले नेताहरूको बुझाई रहेको छ । फिक्कल गाउँपालिकाका प्रवक्ता बराल २०७४ सालको स्थानीय तहको

    • प्रकाशित मितिः चैत २५, २०७८
    • 105 पटक पढिएको
  • कांग्रेस नेता माओवादीमा प्रवेश

    काठमाण्डौ / सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका कांग्रेसका पूर्व सभापति विजयसिं तामाङसहित कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ता शुक्रबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।उनीहरूलाई पार्टी अध्यक्ष प्रचण्डले आफ्नै निवास खुमलटारमा पार्टीमा स्वागत गरेका हुन् । हेलम्बुबाट कांग्रेसका धेरै जना नेता–कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको माओवादी केन्द्रले दाबी गरेको छ ।

    • प्रकाशित मितिः चैत २५, २०७८
    • 122 पटक पढिएको
  • निर्वाचन आचारसंहिता शुक्रबार रातीदेखि लागू हुने

    बिर्तामोड / निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि शुक्रबार मध्यराति देखि आचारसंहिता लागू गर्ने भएको छ । आचारसंहिता पालना गर्ने प्रतिबद्धता पत्रमा राजनीतिक दललाई हस्ताक्षर गराइसकेपछि आयोगले शुक्रबार मध्यराति देखि आचारसंहिता लागू गर्ने भएको हो । चुनावमा सहभागी हुने दलहरूले आचारसंहिता लागू भएपछि त्यसको अक्षरंश पालना गर्नुपर्ने निर्वाचन आयोगको प्रतिवद्धता पत्रमा उल्लेख छ । सरकार, निजी क्षेत्र, संवैधानिक निकाय, राजनीतिक दल, सार्वजनिक पद धारण गरेका व्यक्ति सञ्चार माध्यम, गैरसरकारी संस्था, विद्यालय तथा विश्वविद्यालय, शिक्षक, कर्मचारी र मतदातालाई आचारसंहिता

    • प्रकाशित मितिः चैत २५, २०७८
    • 98 पटक पढिएको
  • केरुङले छाडे जसपा स्वतन्त्र बस्ने निर्णय

    बिर्तामोड / २०७० सालमा जसपा प्रवेश गरेका भद्रपुर नगरपालिका - २ सगरमाथा चोक निवासी विजयकुमार केरुङले जनता समाजवादी पार्टीबाट अलग हुने  निर्णय लिएका छन् । आफ्नै घरायसी र व्यवसायीक व्यस्तताको कारणले पार्टीबाट अलग भई स्वतन्त्र बस्ने निर्णय लिएको उनले बताए । उनले बुधबार विज्ञप्ति जारी गर्दै पार्टीबाट अलग हुने निर्णय लिएका हुन् ।  जसपाको प्रदेश सदस्य समेत रहेका केरुङ सक्रिय कार्यकर्ताको रुपमा आबद्ध भई झापा क्षेत्र नम्बर ३ को क्षेत्रीय संयोजक  रहेर काम गर्दै आइरहेका थिए । हाल उनी दक्षिणकाली इँटा उद्योग (डिबीआई) र केरुङ निर्माण सेवा प्रा. लि.का सञ्चालक हुन् । 

    • प्रकाशित मितिः चैत २४, २०७८
    • 134 पटक पढिएको
  • स्थानीय तह निर्वाचन : धरानमा एउटै चुनाव चिन्हबाट उम्मेदवारी दिने गठबन्धनको तयारी

    धरान / आसन्न स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकामा सत्ता गठबन्धन दलले एउटै चुनाव चिन्हबाट उम्मेदवारी दिने भएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाका नेताहरूले धरान उपमहानगरमा मेयर र उपमेयरबाहेक वडाअध्यक्ष देखि सदस्यले समेत एउटै चुनाव चिन्हबाट उम्मेदवारी दिने भएका हुन् । मंगलबार धरानमा बसेको गठबन्धन दलको बैठकले गठबन्धन दलका नेताहरू एउटै चुनाव चिन्हबाट उम्मेद्वार बन्ने निर्णय गरेको नेपाली कांग्रेस धरानका नगरसभापति श्याम पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार एउटै चुनाव चिन्हबाट निर्वाचनमा उम्मेदवार बन्दा आइपर्ने कानुनी जटिलताको समाधान

    • प्रकाशित मितिः चैत २४, २०७८
    • 102 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.