बिर्तामोड / आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सरगर्मी बढिरहेको छ । अहिले दलहरु नेतृतव हाक्न सक्ने उम्मेदवारहरुको खोजीमा छन् । यस्तोमा युवा नेता राजु बरालले सिन्धुलीको फिक्कल गाउँपालिका अध्यक्षमा दाबी गरेका छन् ।

नेकपा एमाले सिन्धुलीको जिल्ला कमिटी सदस्य समेत रहेका बरालले गाउँपालिका अध्यक्षमा चुनाव लड्ने इच्छा व्यक्त गरेका छन् । उनले आफू गाउँ–गाउँमा गएर संगठन विस्तारमा लागेको उनले बताए ।

OM Sai Pathibhara Hospital

फिक्कलमा बराल सबैभन्दा बलिया उम्मेदवार हुन् । उनलाई टिकट दिदा एमालेले गठबन्धनको बाबजुद पनि जित सुनिश्चित हुने एमाले नेताहरूको बुझाई रहेको छ । फिक्कल गाउँपालिकाका प्रवक्ता बराल २०७४ सालको स्थानीय तहको निर्वाचनमा फिक्कल गाउँपालिका ५ सोल्पा ठानाबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

उनी लामो समय नेकपा एमाले सिन्धुली–काठमाण्डु सम्पर्क मन्चको सचिव समेत बनेका थिए । २०७४ को स्थानीय चुनावमा फिक्कल गाउँपालिकामा १० हजार २ सय मतदाता थिए । अहिले बढेर ११ हजार ९ सय पुगेको छ । फिक्कलका ६ वडामध्ये २,३,४ र ५ गरी चार वडामा एमालेले जितेको थियो । कांग्रेसले भने १ र ६ गरी दुई वडामा चुनाव जितेको थियो ।

फिक्कलको अध्यक्षमा एमालेबाट हालका अध्यक्ष धनबहादुर कार्की, उपाध्यक्ष पार्वती सुनुवारलसहित राजु बराल, रामप्रसाद भण्डारी र घिरज रजन लगायतको नाम पनि चर्चामा छ ।

त्यस्तै कांग्रेसबाट अध्यक्षमा मोहनबहादुर कार्की, रामकुमार पहाडी, निर्प भुजेलको नाम चर्चामा छ । कार्की अघिल्लो पटक गाउँपालिका अध्यक्षमा एमाले उम्मेदवारसँग पराजित भएका थिए । तर, यसपटक आफूले टिकट पाए अध्यक्षमा जित्ने उनको दावी छ । खासगरी एमाले विभाजित भएकाले फिक्कलमा कांग्रेस बलियो रहेको उनको भनाई छ ।

कांग्रेसका रामकुमार पहाडी पनि यसपटक फिक्कल गाउँपालिका अध्यक्षका प्रत्यासी हुन् । पहाडीले अध्यक्षको टिकटका लागि आन्तरिक रूपमा लविङ गरिरहेका छन् ।

त्यस्तै माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा धिरज रजन मगर, लोकेन्द्र कार्की तथा विक्रम सुनुवारको नाम चर्चामा छ । रजन मगर अघिल्लो पटक पनि माओवादीबाट अध्यक्षका उम्मेदवार थिए ।

२०७४ को स्थानीय चुनावमा फिक्कल गाउँपालिकामा १० हजार २ सय मतदाता थिए । अहिले बढेर ११ हजार ९ सय पुगेको गाउँपालिकाका प्रवक्ता राजु बरालले बताए । फिक्कलका ६ वडामध्ये २,३,४ र ५ गरी चार वडामा एमालेले जितेको थियो । कांग्रेसले भने १ र ६ गरी दुई वडामा चुनाव जितेको थियो ।