काठमाण्डौ / सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका कांग्रेसका पूर्व सभापति विजयसिं तामाङसहित कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ता शुक्रबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

उनीहरूलाई पार्टी अध्यक्ष प्रचण्डले आफ्नै निवास खुमलटारमा पार्टीमा स्वागत गरेका हुन् । हेलम्बुबाट कांग्रेसका धेरै जना नेता–कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको माओवादी केन्द्रले दाबी गरेको छ ।