काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी काठमाडौँ जिल्ला कमिटीले चैत २६ गते वृहत जनसभाको आयोजना गरेको  छ । काठमाडौँको भृकुटी मण्डपमा आयोजना हुने जनसभालाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने छन् । 

OM Sai Pathibhara Hospital
सभामा काठमाडौँ जिल्लाको ११ वटै नगरका  हजारौँको सङ्ख्यामा समर्थक सहभागी हुने आकलन गरिएको छ ।  चैत २६ गते लागेको सभामा ११ बजे देखी आर आर क्याम्पस अगाडिबाट  मोटरसाइकल र्याली समेत हुने एकीकृत समाजवादी काठमाडौँ जिल्ला कमिटीका सचिव एलपी श्रेष्ठले बताएका छन् ।