बिर्तामोड / २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले प्रदेश १ का दुई पालिकामा एकछत्र परिणाम निकालेको थियो ।

एमालेले धनकुटाको पाख्रिबास नगरपालिका र पाँचथरको हिलिहाङ गाउँपालिकामा एक छत्र परिणाम निकालेको हो । 

OM Sai Pathibhara Hospital

पाख्रिबास नगरपालिकामा दश वटा वडा छन् । २०७४ सालको स्थानीय निर्वाचनमा एमालेले दश वटै वडासहित नगर प्रमुख र उपप्रमुख जितेको थियो । 

पाख्रिबास नगरपालिकाको प्रमुखमा एमालेका वृष बहादुर राई विजयी भएका थिए । राईले ४४ सय ३९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी इन्दिरा थापाले १६ सय २८ मत प्राप्त गरेकी थिइन् । उपप्रमुखमा एमालेकै देवकला पौडेल (तिम्सिना) विजयी भएकी थिइन् । 

त्यस्तै वडाध्यक्षमा एमालेका हेमबहादुर पाण्डे, तोर्णबहादुर खपाङ्गी, सुन्दरलाल तामाङ, सोवित निरौला, गोपालराज थापा, दलबहादुर तामाङ, फणिन्द्र बहादुर तामाङ, सिताराम राई, चन्द्रलाल घिसिङ र हरिबहादुर खत्री विजयी भएका थिए ।   

हिलिहाङ गाउँपालिकाको अध्यक्षमा पनि एमालेका भवानीप्रसाद लिङदेन र उपाध्यक्षमा एमालेकै सुमित्रा उप्रेती (सेडाँई) विजयी भएका थिए । 

हिलिहाङ गाउँपालिकामा सात वटा वडा छन् । वडाध्यक्षमा एमालेका गोपीकृष्ण भण्डारी, भीमप्रसाद हेम्ब्या, मदन गौतम, श्री प्रसाद शिगु, लक्ष्मीप्रसाद सुहाङ, कृष्णबहादुर यवा लिम्बू र तीर्थराज तिम्सिना विजयी भएका थिए ।     

त्यस्तै स्याङजाको आँधिखोला गाउँपालिका र पाल्पाको पूर्वखोला गाउँपालिकामा समेत एमालेले एक छत्र परिणाम निकालेको थियो ।