राजनीति

    Showing 7,941-7,950 of 9,647 items.
  • प्रतिनिधि सभाको बैठक माघ ३ गतेसम्मका लागि स्थगित

    काठमाडौँ  / कोरोना सङ्क्रमितको संख्या वृद्धि भएपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। संसद् सचिवालयले पुस २८ गते बुधबारका लागि बोलाएको बैठक माघ ३ गते सोमबारका लागि सारेको हो।नेकपा माओवादी केन्द्रको महाधिवेशनमा सहभागी धेरै सांसदहरूमा कोरोना संक्रमण देखिएको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संक्रमित भएपछि घरमै आइसोलेसनमा बसिरहेका छन्। विशेष कारण भने पनि संसद् सचिवालयले कोरोनाकै कारण बैठक स्थगित गरिएको जनाएको छ।सचिवालयले माघ ३ गतेको बैठकअघि सांसदहरूको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्ने तयारी गरिरहेको छ। साथै सचिवालयले सांसदहरूलाई कोरोनाको बुस्टर डोज खोप दिनेबारे समेत छलफल गरिरहेक

    • प्रकाशित मितिः पुस २६, २०७८
    • 109 पटक पढिएको
  • एमाले जिल्ला अधिवेशन : ३६ जिल्लामा नयाँ नेतृत्व चयन

    काठमाडौं  / नेकपा एमालेको जिल्ला अधिवेशनहरुबाट सर्वसम्मत नेतृत्व चयन हुने क्रम जारी छ ।एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार अहिलेसम्म ३६ वटा जिल्लामा सर्वसम्मत जिल्ला कमिटीको नेतृत्व चयन भइसकेको छ । दुई विशेष जिल्लामा पनि सर्वसम्मत नेतृत्व चयन भएको रिजालले जानकारी दिए ।एमाले अध्यक्ष केपी शर्मा ओलीले पुस २३ गते ६३ जिल्लाको जिल्ला अधिवेशन भर्चुअल रुपमा उद्घाटन गरेका थिए । अधिवेशन उद्घाटन भएका जिल्लाको जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रक्रिया जारी रहेको एमालेले जनाएको छ । सर्वसम्मत हुन नसकेका ठाउँमा चुनाव पनि भएको छ । कपिलवस्तु, सिन्धुली लगायत जिल्लामा

    • प्रकाशित मितिः पुस २६, २०७८
    • 109 पटक पढिएको
  • राष्ट्रिय सभा निर्वाचन : आजदेखि निर्वाचन आचारसंहिता लागू

     काठमाडौं  / आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । चुनावमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्न निर्वाचन आयोगले आजदेखि लागू हुनेगरि निर्वाचन आचारसंहिता जारी गरेको हो । आयोगले तोकेको व्यक्ति निकाय तथा अधिकारीलाई निर्वाचन आचारसंहिता २०७२ लागू हुनेछ ।सो निर्वाचन आचारसंहिता नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र स्थानीय तह, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारीलाई लागू हुनेछ ।नेपाली सेना, नेपा

    • प्रकाशित मितिः पुस २६, २०७८
    • 96 पटक पढिएको
  • मौसममा सुधार आएपछि ‘क्यालिब्रेशन फ्लाइट’ हुन्छ : मन्त्री आले

    भैरहवा  / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मौसममा सुधार आउनेबित्तिकै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ हुने जानकारी दिएका छन् ।  शनिबार विमानस्थलको अनुगमन गर्दै उनले पछिल्लो केही दिनयतादेखि तराईमा लागेको तुवालो तथा मौसमको खराबी भएका कारण क्यालिब्रेशन फ्लाइट हुन नसकेको बताएका हुन् ।उनले भने, “क्यालीब्रेसन फ्लाइटका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ, मौसममा सुधार भए क्यालिब्रेशन फ्लाइट गर्छौँ ।” मन्त्री आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चाँडै उडान सुरु हुने बताएका छन् । उक्त विमानस्थलमा जडान गर्नुपर्ने थप नयाँ उ

    • प्रकाशित मितिः पुस २५, २०७८
    • 68 पटक पढिएको
  • राष्ट्रिय सभा निर्वाचन : उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुने

    काठमाडौं  / राष्ट्रिय सभा सदस्य चुनाव अन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ ।बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । आजै मध्यान्ह १२ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि १९ पदमा ९ दलका ४३ जनाले उम्मेदवारी दिएका छन् । तोकिएका मतदान केन्द्रमा माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । सो चुनावबाट ७ महिला, ३ दलित, २ अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र सात अन्य समूहका उम्म

    • प्रकाशित मितिः पुस २५, २०७८
    • 105 पटक पढिएको
  • एमाले भक्तपुर अध्यक्षमा बचन देउजा सर्वसम्मत

    भक्तपुर / नेकपा एमाले भक्तपुर जिल्ला कमिटीको आठौँ जिल्ला अधिवेशनले बचन देउजाको अध्यक्षतामा १०५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ। शनिबार भएको अधिवेशनले उपाध्यक्षमा वासुदेव थापा, सचिवमा मोहनवीर श्रेष्ठ, उपसचिवमा दामोदर दङ्गाल र मिलन सुवाललाई सर्वसम्मत चयन गरेको निर्वाचन समितिका सयोजक शिवराम तिमल्सिनाले बताएका हुन् ।बन्दसत्रभन्दा बाहिर बसेको केन्द्रीय नेता समेतको टोलीले छलफल गरी तय गरेर ल्याइएको नाम एमाले पोलिब्यूरो सदस्य एवं बन्दसत्रका अध्यक्ष महेश बस्नेतले नाम पढेर सुनाएका थिए। उक्त नाममा कसैले विरोध नगरेपछि सर्वसम्मत भएको बन्दसत्रमा सहभागी एक नेताले बताए।टोलीले बाहिरबाटै मनोनित हुने १७ जना र स

    • प्रकाशित मितिः पुस २५, २०७८
    • 104 पटक पढिएको
  • एमाले खोटाङ अध्यक्षमा दङ्गाल

    खोटाङ  / नेकपा (एमाले) खोटाङको सातौँ जिल्ला अधिवेशनबाट रामप्रसाद दङ्गाल अध्यक्ष पदमा चयन भएका छन्। दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा शनिबार सम्पन्न बन्दसत्रले उनलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो।एक सय १९ सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा देवविक्रम राई, सचिवमा कुमार आचार्य तथा उपसचिवमा दीपनारायण रिजाल र सुरेन्द्रकुमार राई चयन भए। श्याम पोखरेलको अध्यक्षतामा नौ सदस्यीय लेखा आयोगसमेत चयन गरिएको नवनिर्वाचित सचिव आचार्यले बताए। दुई दिनसम्म चलेको अधिवेशनले ७७ सदस्यीय जिल्ला सल्लाहकार परिषद्समेत गठन गरेको छ।नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई पोलिटब्यूरो सदस्य एवं एमाले संसदीय दल

    • प्रकाशित मितिः पुस २५, २०७८
    • 86 पटक पढिएको
  • संसदको गतिरोध छिट्टै अन्त्य हुन्छ, जनताको विश्वासलाई धोका दिन्न: सभामुख सापकोटा

    सिन्धुपाल्चोक / सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा संसदको गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरेका छन्। उनले पुनस्थापित सदनबाट नै राजनीतिक समस्याको सामाधन निस्कने बताएका हुन्।उनले जनताले दिएको विश्वासलाई धोका नदिने पनि बताएका छन्। ‘तपाईँहरूको मतले आज म सभामुखको जिम्मेवारीमा छु। राज्यका तीन अङ्गमध्ये एक अङ्गको प्रमुख बनाउनुभएको छ, तपाईँको यो विश्वास र भरोसालाई धोका दिने छैन,’ उनले भने।सिन्धुपाल्चोक बलेफी गाउँपालिका–२ मा शनिबार भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य माधव सापकोटा, प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल र जिल्लास्थित सुरक्षा निकायका प्रमुखल

    • प्रकाशित मितिः पुस २५, २०७८
    • 106 पटक पढिएको
  • नेकपा एमाले झापाको अध्यक्षमा कार्की चयन

     झापा// नेकपा एमाले झापाको अध्यक्षमा दिपक कार्की चयन भएका छन्। दशौँ जिल्ला अधिवेशनबाट कार्कीसहित सबै पदाधिकारी र सदस्यहरु सर्वसम्मतले चुनिएका हुन् ।शनिबार भएको बन्दसत्रबाट मनोनयन दर्ता गराएका दिपक कार्कीसहितका सबै पदाधिकारी र सदस्यहरु चुनिएको बताइएको छ। १५० सदस्यीय जिल्ला कमिटीमा ४ सयभन्दा बढिले उम्मेद्वारी दर्ता गराएका छन् ।तर, सर्वसम्मत भएका उम्मेद्वारहरुको नामवली घोषणा गर्न बाँकी रहेको छ ।उम्मेद्वारी दर्ताको काम सकिएको छ ।अध्यक्षमा दिपक कार्की, उपाध्यक्षमा प्रेम गिरी, सचिवमा शिव ढुंगेल, दुई उपसचिवमा असारु राजवंशी र चन्द्रा श्रेष्ठले उम्मेद्वारी दर्ता गराएका छन् ।उपाध्यक्षमा गोपाल बुढाथ

    • प्रकाशित मितिः पुस २४, २०७८
    • 131 पटक पढिएको
  • निर्वाचन अधिकृतहरुद्धारा राष्ट्रिय सभा निर्वाचनमा थप सेवा–सुविधा नलिने घोषणा

    काठमाडौँ /  राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सात वटै प्रदेशमा निर्वाचन अधिकृतका रुपमा खटिने न्यायाधीशहरूले थप सेवा सुविधा नलिने घोषणा गरेका छन् । सबै निर्वाचन अधिकृतहरूले विज्ञप्तिमार्फत राष्ट्रिय सभा सदस्य निर्वाचन आर्थिक कार्यविधि–०७८ अनुसार कुनै पनि थप सेवा सुविधा नलिने घोषणा गरेका हुन् ।निर्वाचन आयोगले प्रदेशको मुकाम रहेका जिल्लाका न्यायाधीशहरूलाई निर्वाचन अधिकृतको रुपमा खटाएको छ ।प्रदेश १ का भरत लम्साल, प्रदेश २ का ब्रजेश प्याकुरेल, वाग्मतीका डिल्लीरत्न श्रेष्ठ, गण्डकीका श्रीकृष्ण भट्टराई, लुम्बिनीका रितेन्द्र थापा, कर्णालीका राजेन्द्रकुमार आचार्य र सुदूरपश्चिम प्रदेशका जयानन्द

    • प्रकाशित मितिः पुस २४, २०७८
    • 114 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.