झापा / नेकपा (माओवादी केन्द्र) प्रदेश नम्बर १ कमिटीले प्रदेशका विभिन्न जिल्लामा बागी उम्मेदवारी दिने १४ जनालाई कारबाही गरेको छ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पार्टीको निर्देशन र नीति विपरित गएर बागी उम्मेदवारी दिएको भन्दै १ नम्बर प्रदेश कमिटीले उनीहरूलाई कारबाही गरेको हो । 

OM Sai Pathibhara Hospital

ती मध्ये केही तीन जनालाई कारबाहीका केन्द्रमा सिफारिस गरिएको छ भने बाँकीलाई प्रदेश समितिले नै निलम्बन गरेको छ। कारबाहीमा पर्नेहरुमा प्रदेश सदस्य भीमबहादुर अधिकारी, केपी बराल र यदु ढकाल छन् ।

त्यस्तै साबित्रा थापा, होमबहादुर राई, कमलध्वज राई, तिलक राई, भीमबहादुर राई, दुर्गा बुर्जा मगर, रामप्रसाद बराल र सन्तोष सुवेदीलाई प्रदेश समितिले नै निलम्बन गरेको छ ।

पटक पटक सचेत गराउँदा पनि पार्टीको निर्देशन नमानेकाले पार्टी विधान अनुरूपको कसुर ठहर गरी उनीहरूलाई निलम्बन गरिएको पार्टी अध्यक्ष हर्कबहादुर नेम्वाङले जानकारी दिए ।

279531614_4973790799406455_4716930733171006183_n_daTxB0gUzI