नेपालगन्ज / रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका –१ मा माओवादी केन्द्रका आधिकारिक र बागी उम्मेदवारबीच झडप हुँदा ६ जना घाइते भएका छन् । 

मंगलबार बिहान माओवादीबाट उम्मेदवार बनेका लक्ष्मण ओली र बागी उम्मेदवार सुन्दर ओली पक्षधरबीच झडप भएको हो ।

OM Sai Pathibhara Hospital

घाइते हुनेमा धर्मेन्द्र सुनार, जीवन पुन, टीकाजंग मल्ल, बलबहादुर पुन, चेतन केसी र यमबहादुर पुन छन् । प्रहरीका अनुसार घाइते मध्ये धर्मेन्द्र, जीवन र टीकाजंगको अवस्था भने गम्भीर रहेको छ । 

उनीहरूको नेपालगन्जस्थित कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए ।

सुन्दरले माओवादी केन्द्रबाट टिकट नपाएपछि बागी उम्मेदवारी दिएका थिए । उनी माओवादी केन्द्रका त्रिवेणी गाउँपालिका उपाध्यक्षसमेत हुन् । 

बागी उम्मेदवारी दिएका कारण पार्टीले ६ महिनाका लागि निलम्बन गरिसकेको छ । तर उनले यो झडपमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् ।

उनीहरूकै व्यक्तिगत झगडालाई अन्य ढंगबाट विश्लेषण गरिएकोप्रति उनले आपत्ति जनाएका छन् ।