उदयपुर / नेपाली कांग्रेसबाट उदयपुरको त्रियुगा नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका बसन्तकुमार बस्‍नेतविरुद्ध उजुरी परेको छ ।

एमालेका त्रियुगा नगरपालिकाका मेयरका उम्मेदवार भागवत राउतले बस्नेतले सरकारी बक्यौता तिर्न बाँकी रहेको भन्दै उम्मेदवारी खारेजी गर्न माग गर्दै  मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।

OM Sai Pathibhara Hospital

निर्माण व्यवसायी समेत रहेका बस्नेतले एपेक्स इन्द्रेणी जेभिको नामबाट कारोबार गर्दा आन्तरिक राजश्व कार्यालय लहानमा मूल्य (अभिवृद्धि कर) भ्याट बक्यौता रकम तिर्न बाँकी रहेको राउतको दाबी छ । उनले सोमबार मात्र उजुरी दर्ता गराएका हुन् ।

आन्तरिक राजश्व कार्यालय लहानले कर बक्यौता दाखिला गर्न गत २०७८ चैत २७ गते १५ दिने सूचना प्रकाशित गरेपनि कुनै पनि फर्म सम्पर्कमा नआएको आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख कर अधिकृत राजकुमार खतिवडाले जानकारी दिए । 

बस्नेतले उम्मेदवारी दर्ता गराएर अन्तिम नामावली समेत प्रकाशन भइसकेको छ ।