सोलुखुम्बु / सोलुखुम्बुको नेलेमा सत्ता गठबन्धनका दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरू बीच झडप भएको छ ।

सोमबार राति थुलुङ दूधकोशी गाउँपालिका –१ स्थित नेले बजारमा चुनावी प्रचारप्रसारको क्रममा दुई पक्षबीच झडप भएको हो ।

OM Sai Pathibhara Hospital

झडपमा कांग्रेस वडा सभापति चुडाबहादुर बस्नेत, सचिव मिलन खत्री र दीपक सुनुवार घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

उनीहरूको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको र घाइतेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले जानकारी दिए ।

नेले क्षेत्रमा घरदैलो कार्यक्रम गरेर फर्किएका कांग्रेस र माओवादी केन्द्रका एकएक जना कार्यकर्ताबीचबाट सुरु भएको झगडा सामूहिक झडपमा परिणत भएको प्रहरीले जनाएको छ ।