झापा / प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज मोरङको विराटनगर आउँदैछन् । देउवा चुनावी सभालाई सम्बोधन गर्न विराटनगर आउँन लागेका हुन् । 

चुनावी सभालाई प्रधानमन्त्री देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मा लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
विराटनगर महानगरपालिकामा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयरका उम्मेदवार छन् । 

OM Sai Pathibhara Hospital

कांग्रेसले देशका प्रमुख १० सहरमा साताव्यापी चुनावी सभा आयोजना गर्दैछ । उक्त साताव्यापी चुनावी आमसभा कांग्रेसले विराटनगरबाट सुरु गर्न लागेको हो ।

साताव्यापी चुनावी सभालाई सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, प्रवक्ता  प्रकाशशरण महत लगायतका नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।