झापा / प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज मोरङको विराटनगर आउँदैछन् । देउवा चुनावी सभालाई सम्बोधन गर्न विराटनगर आउँन लागेका हुन् ।
कांग्रेसले देशका प्रमुख १० सहरमा साताव्यापी चुनावी सभा आयोजना गर्दैछ । उक्त साताव्यापी चुनावी आमसभा कांग्रेसले विराटनगरबाट सुरु गर्न लागेको हो ।
साताव्यापी चुनावी सभालाई सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, प्रवक्ता प्रकाशशरण महत लगायतका नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।






































