बिर्तामोड / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (मंगलबार) झापा आउँदैछन् । ओली आफ्नो गृह जिल्ला झापामा चुनावी सभालाई सम्बोधन गर्न आउने भएका हुन् । 

अध्यक्ष ओलीले आज झापाको भद्रपुर, बिर्तामोड, हल्दीबारी र धुलाबारीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने छन् । 

OM Sai Pathibhara Hospital

जिल्ला सचिव शिव ढुङ्गेलका अनुसार भद्रपुरको ज्ञानुचोकमा ११ बजे, हल्दीबारीगोलधापमा साढे १ बजे, मेचीनगरको पासाङल्हामु हलमा ३ बजे, र बिर्तामोडमा ४ः३० बजे सम्बोधन गर्ने छन् । 

स्थानीय तह निर्वाचन आउन भने १० दिन बाँकी छ । अध्यक्ष ओलीलाई झापामा निर्वाचन जिताउन पाँच दलीय गठबन्धन र राप्रपाका कारण चुनौती थपिँदै गएको छ। 

ओलीको गृह नगर दमकमा पाँच दलीय गठबन्धनले राप्रपासँग सहकार्य गरेको छ । जसले गर्दा दमकमै यस पटक एमालेलाई निर्वाचन जित्न चुनौती थपिएको छ ।