राजनीति

    Showing 781-790 of 10,298 items.
  • सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८३ र ८४ का लागि प्रदेश सभामा पेश गरेको बजेट प्रति शत्तरुढ दल नेकपा एमालेले चरम असन्तुष्टि जनाएको छ ।यथास्थितीमा बजेट पास हुन नसक्ने बताउदै आएको एमालेले संशोधन नगरी पारित गर्ने प्रयास गरे सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णयनै गरेकोछ । नेकपा एमले प्रदेश कमिटीको ११औँ पूर्ण बैठकले बजेट एक लौटी भएको र शत्तारुढ अर्को दललाई पुर्णरुपमा वेवासता गरेको निष्कर्ष निकालेको हो । यथा स्थितिमा सरकारको समर्थन गर्न नसकिने भन्दै प्रदेश कमिटिले बजेटमा आवश्यक संशोधन अपरिहार्य रहेको नेकपा एमालेकी प्रदेश उपसचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख भागरथी विष

    • प्रकाशित मितिः असार ९, २०८३
    • 216 पटक पढिएको
  • विष्णु पौडेल पक्राउपछि च्यासलमा एमालेको आकस्मिक बैठक शुरु

    काठमाडौं।  च्यासलमा नेकपा एमाले संसदीय दलको आकस्मिक बैठक सुरु भएको छ। उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पक्राउ परेपछि एमालेले तत्काल बैठक बोलाएको हो।अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू सहभागी बैठकमा पौडेल पक्राउ प्रकरण, पार्टीको आगामी रणनीति र राजनीतिक प्रतिक्रिया बारे छलफल भइरहेको छ।सुर्खेतबाट पक्राउ परेका पौडेललाई आज बिहान काठमाडौं ल्याइएको छ। एमालेले भने उनको पक्राउलाई ‘राजनीतिक प्रतिशोध’ भन्दै कडा आपत्ति जनाएको छ।

    • प्रकाशित मितिः असार ९, २०८३
    • 165 पटक पढिएको
  • सहमहामन्त्रीमा उठ्ने रमेश प्रसाईंको घोषणा

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद रमेश प्रसाईंले पार्टीको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनमा प्रसाईंले आफू केन्द्रीय सदस्यमा उम्मेदवार रहने र दोस्रो चरणमा हुने पदाधिकारी निर्वाचनमा सहमहामन्त्री पदका लागि प्रतिस्पर्धा गर्ने बताएका हुन्।  उम्मेदवारी घोषणा गर्दै प्रसाईंले पार्टीका सदस्यहरूले नेतृत्वको कामको निष्पक्ष मूल्यांकन गर्ने बेला आएको बताए। राम्रो काम गर्ने नेतालाई पुरस्कृत र जिम्मेवारी पूरा गर्न नसक्नेलाई दण्डित गर्नुपर्ने उनको भनाइ थियो।उनले रास्वपाका सदस्यहरूले सही निर्णय गर्ने विश्वास व्यक्त

    • प्रकाशित मितिः असार ९, २०८३
    • 170 पटक पढिएको
  • रास्वपा महाधिवेशन : सभापतिमा रविलाई चुनौती दिने कानु प्रतिनिधिको अन्तिम सूचीबाटै हटाइए

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रथम महाधिवेशन चलिरहेका बेला नयाँ विवाद सतहमा आएको छ। पार्टी सभापति रवि लामिछानेविरुद्ध सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका भोला कुमार साह कानुको नाम महाधिवेशन प्रतिनिधिको अन्तिम सूचीबाट हटाइएको भन्दै विवाद सुरु भएको हो। बारा क्षेत्र नम्बर–३ का कानुले सामाजिक सञ्जालमार्फत आफ्नो नाम प्रतिनिधिको अन्तिम सूचीमा नराखिएको भन्दै असन्तुष्टि जनाएका छन्। उनले यसअघि सभापति पदमा रवि लामिछानेसँग प्रतिस्पर्धा गर्ने सार्वजनिक घोषणा गरेका थिए।कानुले बर्खास्तीमा परेका बारा जिल्ला सभापति चन्दन स्वर्णकारको सदस्यता कायम गर्नुपर्ने माग राख्दै पार्टी नेतृत्व

    • प्रकाशित मितिः असार ९, २०८३
    • 298 पटक पढिएको
  • सुदुरपश्चिम सरकारले बजेट नसच्याए सत्ता छाड्ने एमालेको अल्टिमेटम

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटलाई लिएर सत्ता गठबन्धनभित्रै गम्भीर विवाद चर्किएको छ। सरकारको प्रमुख साझेदार दल नेकपा (एमाले) ले बजेटमा असन्तुष्टि जनाउँदै तत्काल संशोधन नगरे सरकारबाट बाहिरिने चेतावनी दिएको छ।धनगढीमा सम्पन्न एमाले सुदूरपश्चिम प्रदेश कमिटीको ११औँ पूर्ण बैठकले बजेट निर्माण र विनियोजन प्रक्रियामा आफूहरूलाई बेवास्ता गरिएको निष्कर्ष निकालेको छ। बैठकपछि जारी विज्ञप्तिमा बजेट वितरण र योजना छनोटमा एकलौटी ढंग अपनाइएको भन्दै सरकारप्रति कडा असन्तुष्टि व्यक्त गरिएको छ।एमालेले बजेटले गठबन्धन सरकारको साझा भावना, सहमति र प्राथमिकतालाई पूर्ण रूपमा लत्याएको आ

    • प्रकाशित मितिः असार ९, २०८३
    • 208 पटक पढिएको
  • समाजवादी पार्टी’ दर्ताका लागि अशोक राई समुहले दियो आयोगमा निवेदन

    काठमाडौं। पूर्व जसपा नेता अशोककुमार राईले ‘समाजवादी पार्टी’ नामक नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।राई अध्यक्ष रहने गरी ८ पदाधिकारी र २८ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको छ। पार्टीका उपाध्यक्षमा सुशीला श्रेष्ठ, राधादेवी तिमिल्सिना र दानबहादुर विश्वकर्मा रहेका छन्।अशोक राई यसअघि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भएर नयाँ जसपा गठन गरेका थिए। तर पार्टी विभाजनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले राई नेतृत्वको दललाई कानुनी मान्यता नदिएपछि उनको समूह पार्टीविहीन बनेको थियो। त्यसपछि कानुनी रूपमा पार्टीको अस्तित्व कायम राख्न राई पक्षले नयाँ दल दर्ताको प्रक्रिया अघि बढाएक

    • प्रकाशित मितिः असार ९, २०८३
    • 146 पटक पढिएको
  • रास्वपा महाधिवेशनमा प्रतिनिधि विवाद, निर्वाचन आयोग घेराउ

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रथम महाधिवेशन प्रतिनिधि विवादका कारण प्रभावित बनेको छ।महाधिवेशन प्रतिनिधिको नामावली टुंगिन नसकेपछि सोमबारका लागि तय गरिएको बन्दसत्र मंगलबार सारिएको थियो। तर विवाद अझै समाधान हुन सकेको छैन।मंगलबार प्रतिनिधिलाई परिचयपत्र वितरण भइरहेका बेला गण्डकी प्रदेशका केही प्रतिनिधि र कार्यकर्ताले आफ्नो नाम छुटेको भन्दै निर्वाचन आयोगको कार्यालय घेराउ गरेका छन्। नामावलीमा त्रुटि भएको आरोप लगाउँदै उनीहरूले हुलहुज्जतसमेत गरेका छन्। 

    • प्रकाशित मितिः असार ९, २०८३
    • 72 पटक पढिएको
  • काठमाडौं ल्याइए विष्णु पौडेल, आजै अदालतमा म्याद थपको तयारी

    काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ। सुर्खेतबाट पक्राउ परेका पौडेललाई मंगलबार बिहान काठमाडौंस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको हो। विभागले उनलाई आजै थप अनुसन्धानका लागि अदालतबाट म्याद लिने तयारी गरेको स्रोतले जनाएको छ।अनुसन्धान निकायका अनुसार पौडेलको सेयर कारोबार, आर्थिक गतिविधि तथा सम्पत्तिको स्रोतबारे छानबिन भइरहेको छ। यही अनुसन्धानको सिलसिलामा उनलाई सोमबार सुर्खेतबाट नियन्त्रणमा लिइएको थियो।पार्टीको कार्यक्रमका लागि सुर्खेत पुगेका बेला पक्राउ परेका पौडेल

    • प्रकाशित मितिः असार ९, २०८३
    • 279 पटक पढिएको
  • ८ अर्बको राहदानी काण्डः पूर्वमन्त्री आरजु राणा देउवासहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं— नेपालको इतिहासकै सबैभन्दा चर्चित सार्वजनिक खरिद विवादमध्ये एक मानिएको विद्युतीय राहदानी ठेक्का प्रकरण अन्ततः अदालतको ढोकामा पुगेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब ८ अर्ब रुपैयाँ बराबरको राहदानी खरिद तथा व्यवस्थापन सम्झौतामा गम्भीर अनियमितता भएको निष्कर्ष निकाल्दै पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवासहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।अख्तियारले दायर गरेको अभियोगपत्रले देशको प्रशासनिक र राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ। राहदानीजस्तो संवेदनशील राष्ट्रिय दस्तावेजको खरिद प्रक्रियामै राजनीतिक प्रभाव, नीतिगत हस्तक्षेप र मिलेमतोको आरोप उठेपछि यो प्र

    • प्रकाशित मितिः असार ९, २०८३
    • 427 पटक पढिएको
  • विष्णु पौडेल पक्राउपछि एमाले ‘अलर्ट मोड’मा

    काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि नेकपा एमालेले दुई महत्वपूर्ण बैठक बोलाएको छ।दिउँसो २ बजे च्यासलस्थित पार्टी कार्यालयमा संसदीय दलको बैठक बस्दैछ भने साँझ ६ बजे ओली निवास गुण्डुमा केन्द्रीय सचिवालय बैठक बोलाइएको छ।बैठकमा विष्णु पौडेल पक्राउपछि विकसित राजनीतिक परिस्थिति, पार्टीको आधिकारिक धारणा र आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ। सुर्खेतबाट पक्राउ परेका पौडेललाई बाँकेमा राखिने भनिए पनि राति नै काठमाडौंतर्फ ल्याइएको छ। पौडेल पक्राउ प्रकरणले राष्ट्रिय राजनीतिमा नयाँ तरंग सिर्जना गरिरहेका बेला एमाले नेतृत्व निर्णायक छलफलमा जुट्न लागेको हो। पौ

    • प्रकाशित मितिः असार ९, २०८३
    • 154 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.