काठमाडौं— नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तरगत आज ७५३ वटै पालिकामा जनप्रर्दशन गर्ने भएको छ । मंगलबार प्रतिगामी षडयान्त्रका विरुद्ध एमालेले देशैभरी जनपरिचालन गर्ने निर्णय गरे अनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रुपमा जनप्रर्दशनका कार्यक्रमहरु गर्ने पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार २२ गते देशका सबै ६ हजार ७ सय ४३ वटै वडामा वडा भेलाहरु सम्पन्न भइसकेका छन् । उक्त भेलामा भदौ २४ पछि विकसित राजनीतिक घटनाक्रम,संसदको गैह्र संवैधानिक विघटन र एमालेको आगामी बाटोका बिषयमा कार्यकर्ताहरुलाई प्रष्ट पारिएको छ । आजको कार्यक्रममा कतिपय पाल
काठमाडौं— नेपाल टे«ड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले श्रमिकहरुको क्षमता विकास गर्न सबैको सहयोग आवश्यक रहेको औंल्याएका छन् । सोमबार नेपाल टे«ड युनियन कांग्रेसले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले श्रमिकहरु स्वदेश या विदेश जहाँ गएपनि गरेर खान सक्ने बनाउन क्षमता विकासमा ध्यान दिनुपर्ने बताएका हुन् ।उनले श्रमिकको क्षमता वृद्धि गराउनुको साथै शिक्षालाई सीपसँग जोड्यो भने सहजीकरण हुने बताए । उनले सरकारको तर्फबाट रोजगारीलाई उद्यमशिलतासँग जोड्दा रोजगारीका लागि प्रोत्साहन मिल्ने बताए । उनले भने,‘रोजगारीको वातावरणका लागि श्रमिकहरुलाई क्षमतामा वृद्धि गराउन पर्यो । त
जनकपुर— मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अवैधानिक तरिकाले मुख्यमन्त्री नियुक्त गरेको भन्दै सात राजनीतिक दलहरु अदालत जाने भएका छन् ।प्रदेश प्रमुख भण्डारीले आज(सोमबार)विहान आफूलाई सन्चो नभएको भन्दै काठमान्डौ उपचारका लागि जान लागेको पूर्वमुख्यमन्त्री जितेन्द्र सोनललाई जानकारी गराएका थिए । तर बाटोमै महोत्तरीको एक होटलमा उनले एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्रीको सपथ ग्रहण गराएका थिए ।जनमत पार्टी, नेकपा माओवादी केन्द्र, जसपा नेपाल, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, नेपाली कांग्रेस, लोसपा नेपालले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्नु असंवैधानिक रहेको भन्द
काठमाडौं— बेलायतमा मुख्यालय रहेको आईटी कन्सल्टिङ र साइबर सुरक्षासम्बन्धी कम्पनी जेनेस सलुशनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले नेपाल अहिले एक निर्णायक मोडमा उभिएको र डिजिटल आधुनिकीकरणले पूरै निजी क्षेत्रलाई रूपान्तरण गर्न सक्ने बताएका छन् ।आइतबार ललितपुरमा आयोजित ‘लीडर्स डाइलग अन डिजिटल कमोडिटी ग्रोथ’ कार्यक्रमलाई सम्बोधन गर्दै फुयाँलले भने,‘नेपाल उद्योग वाणिज्य महासंघ अब ‘आवाजहरूको महासंघ’बाट ‘डेटाको महासंघ’ बन्नुपर्छ ।’अमेजन वेब सर्भिसेज (एडब्लुएस) को बेलायत तथा आयरल्याण्डका लागि राजदूत रही सकेका फुयाँलले नेपालका १२० भन्दा बढी वस्तु तथा उद्योग संघ–संस्थालाई एउटै ’डि
काठमाडौं— सुचना तथा सञ्चारमन्त्री जगदीश खरेलले कहिल्यै सरकारमा नभएता पनि सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेको दाबी गरेका छन् । सोमबार चलचित्र विकास बोर्डको पुरस्कार वितरण समारोहमा बोल्दै उनले देश परिर्वतन हुनुमा चलचित्रकर्मीको हात रहेको भन्दै परिर्वतन वा सचेतनाको यो युगसम्म आइपुग्न सफल भएको बताए । त्यस्तै उनले नेपाली समाजमार्फत रुपान्तरणको लागि नेपाली चलचित्र क्षेत्रले गरेको योगदान मुलुकले भुल्दैन, भुल्न मिल्दैन र कहिले पनि नभुल्ने बाचा गरे ।उनले पहिला पहिला चलचित्रकर्मीहरुले गाँउघर भित्रकै कथा देखाउने गरेतापनि अहिले देशभित्र लुकेका, लुकाउने गरेका यर्थात कुराहरु बाह
काठमाडौं— आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निरवाचनमा प्रचारप्रसारका लागि १५ दिन समय दिने तयारी भएको छ । सोही अनुसार निर्वाचन आयोगले तयारी गरेको छ ।यही कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन र अद्यावधिको समय छ । कात्तिक ३० गते भित्रै दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने समय छ ।मंसिर १ गतेदेखि १० गतेसम्म राजनीतिक दलले निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गर्नुपर्छ । निर्वाचनमा भाग लिन्छु भनेर दल दर्ता गर्नेहरूले प्रतिनिधि सभा सदस्यको चुनावमा उम्मेदवार खडा गर्न सक्दछन् ।निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता मंसिर १ देखि १० सम्म हुने र निर्वाचन कार्यक्रम स्वीकृति तथा नेपाल
काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा भइरहेको अवरोध हटाउन हेलम्बु गाउँपालिकालाई आवश्यक पहल गर्न आग्रह गरेका छन् ।मन्त्री घिसिङले हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई समस्या समाधानका लागि सहयोग र पहल गर्न आग्रह गर्दै विगतमा भएका सम्झौताअनुसार आयोजना प्रभावितले राखेका माग वार्ता र छलफलमार्फत समाधान गर्न सरकार तयार रहेको बताएका छन् ।उनले काठमाडौं उपत्यकामा पानी आपूर्ति रोकिएपछि स्थिति गम्भीर बनेको बताउँदै छिटो समस्याको समाधान गर्न पहल भइरहेको जानकारी दिए ।अध्यक्ष शेर्पाले पनि
काठमाडौं— धरानका मेयर हर्क साम्पाङले दुर्गा प्रसाईंलाई ढुंगा बोक्न बोलाएका छन् । सोमबार सामाजिक सन्जाल फेसबुक मार्फत उनले प्रसाईंलाई ढुंगा बोक्न निम्ता दिएका हुन् । उनले माटोले रगत होइन पसिना मागेको हो भन्दै प्रसाईंलाई मिलेर देश बनाँउ भन्दै बोलाएका हुन् । मेयर साम्पाङ लेख्छन्, ‘दुर्गा प्रसाईं जी...अब यो देशमा आन्दोलन होइन श्रम संस्कृतिको खाँचो छ । माटोले रगत होइन पसिना मागेको छ । म त हरघडि माटोसँग बात मार्छु । तपाई पनि ढुगां बोक्न आउनु है । मिलेर देश बनाऔँ,’ ।
जनकपुर— जनकपुरधाम स्थित मधेस भवनभित्र रहेको मधेश प्रदेश प्रमुखको कार्यालय अगाडि तोडफोड भएको छ । मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एकलौटी ढंगले एमालेका सरोज कुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै जसपा लगायत सातदलीय गठबन्धनका सांसद तथा पार्टीका कार्यकर्ताहरूले प्रदेश प्रमुखको कार्यालय अगाडि तोडफोड गरेका छन् ।उनीहरुले प्रदेश प्रमुखको नाम लेखेको नेमप्लेट र मुख्य प्रवेशद्वार बाहिर रहेको गमला लगायतका सजावटका सामानहरू तोडफोड गरेका छन् । सो क्रममा उनीहरुले प्रदेश प्रमुख मुर्दाबाद, एकलौटी गर्न पाइँदैन लगायतका नारासमेत लगाएका छन् ।अहिले मधेस भवनभित्र व्यापक मात्रामा प्रहरी र ने
हेटौंडा— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मधेस प्रदेश सरकारमा रहेको राप्रपाको सहभागिता तत्काल फिर्ता लिन निर्देशन दिएका छन् ।अध्यक्ष लिङ्देनले सोबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मधेस प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले भनेका छन्, “यो अनुशासनको गम्भीर उल्लंघन हो । राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन छ । अन्यथा विधान बमोजिम कारबाही हुने जानकारी गराउँछु ।”मधेस प्रदेशमा राप्रपाका केही सांसदले प्रदेश सरकारमा सहभागी भएपछि पार्टी नेतृत्व असन्तुष्ट बनेको बताइन्छ । अध्यक्ष लिङ्देनको यस वक
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.