काठमाडौं। च्यासलमा नेकपा एमाले संसदीय दलको आकस्मिक बैठक सुरु भएको छ। उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पक्राउ परेपछि एमालेले तत्काल बैठक बोलाएको हो।
अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू सहभागी बैठकमा पौडेल पक्राउ प्रकरण, पार्टीको आगामी रणनीति र राजनीतिक प्रतिक्रिया बारे छलफल भइरहेको छ।
सुर्खेतबाट पक्राउ परेका पौडेललाई आज बिहान काठमाडौं ल्याइएको छ। एमालेले भने उनको पक्राउलाई ‘राजनीतिक प्रतिशोध’ भन्दै कडा आपत्ति जनाएको छ।






































