राजनीति

    Showing 771-780 of 10,298 items.
  • गृहमन्त्रीको अम्लेटमा माछाको काँडा भेटिएपछि हंगामा, दुई कुक प्रहरी नियन्त्रणमा

    काठमाडौं। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को महाधिवेशनका बीच एउटा अनौठो घटनाले चर्चा पाएको छ। गृहमन्त्री सुधन गुरुङले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि होटलका दुई कुकलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ थालेको छ।प्रहरीका अनुसार गृहमन्त्री गुरुङ महाधिवेशनको कार्यक्रममा सहभागी हुन चितवन पुगेका थिए। उनले विमानस्थल नजिकै रहेको एक होटलमा खाना खाइरहेका बेला अम्लेटभित्र माछाको काँडा फेला परेको थियो। घटनापछि सुरक्षासम्बन्धी संवेदनशीलता र खानाको गुणस्तरबारे प्रश्न उठेपछि प्रहरीले तत्काल अनुसन्धान अघि बढाएको हो।जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर पौडेलले घटनाको वास्त

    • प्रकाशित मितिः असार ९, २०८३
    • 232 पटक पढिएको
  • रास्वपाको बन्दसत्र : प्रतिवेदनदेखि निर्वाचन प्रक्रियासम्म के कसरी हुँदैछ ?

    चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत मंगलबार बन्दसत्र सुरु भएको छ। पार्टीको भावी दिशा, संगठनात्मक संरचना र नेतृत्व चयनको आधार तय गर्ने भएकाले बन्दसत्रलाई महाधिवेशनको सबैभन्दा महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।बन्दसत्रमा पार्टीका विभिन्न प्रतिवेदनमाथि विस्तृत छलफल हुनेछ। सुरुवातमा अनुशासन आयोगले आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ भने त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक तथा वित्तीय प्रतिवेदन पेश गर्ने कार्यक्रम छ। आर्थिक पारदर्शिता र स्रोत व्यवस्थापनबारे प्रतिनिधिहरूले आफ्ना धारणा राख्नेछन्।त्यसपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्

    • प्रकाशित मितिः असार ९, २०८३
    • 79 पटक पढिएको
  • हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ: महासचिव पोखरेल

    सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेले इतिहासका विभिन्न कठिन परिस्थितिहरूको सामना गर्दै पुनः उठ्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि पार्टीलाई जनविश्वासको केन्द्रका रूपमा स्थापित गरिने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी एमाले कर्णाली प्रदेश कमिटीले मंगलबार सुर्खेतमा आयोजना गरेको एकदिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीमा संकट पर्दा जनताले नै संरक्षण गर्ने भएकाले जनताका भावना, आवश्यकता र अपेक्षालाई बुझ्नुपर्नेमा जोड दिए। उनले पार्टीले निर्माण गरेका नीति तथा कार्यक्रम जनतासम्म प्रभावकारी रूपमा पु¥याउन नसक्दा कतिपय अवस्थामा गलत बुझाइ उत्पन

    • प्रकाशित मितिः असार ९, २०८३
    • 164 पटक पढिएको
  • रास्वपा महाधिवेशनमा व्यवस्थापकीय चुनौती, बन्दसत्र एक दिन थपिन सक्ने प्रवक्ता झाको संकेत

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं प्रवक्ता मनिष झाले बन्दसत्र एक दिन थपिन सक्ने बताएका छन् । मंगलबार रास्वपाको प्रथम महाधिवेशन अन्तर्गत बन्दसत्र केही ढिलागरी सुरु भएपछि झाले महाधिवेशनमा व्यवस्थापकीय तथा प्राविधिक चुनौती देखिएको बताएका हुन् । चितवनको भरतपुरमा जारी महाधिवेशनका कार्यक्रम तालिकाभन्दा ढिलो अघि बढेपछी प्रवक्ता झाले बन्दसत्र सञ्चालनमा ढिलाइ भएको स्वीकार गर्दै व्यवस्थापनका कारण महाधिवेशन एक दिन थपिन सक्ने संकेत गरेका छन्। उनका अनुसार प्रतिनिधि दर्ता, नामावली व्यवस्थापन र किट वितरणजस्ता प्राविधिक तयारी समयमै पूरा नहुँदा बन्दसत्र ढिलो सुरु भएको हो। उनले सबै प्रक्रिय

    • प्रकाशित मितिः असार ९, २०८३
    • 184 पटक पढिएको
  • कांग्रेस अब डिजिटल र सिस्टममा चल्छ, अद्यावधिक नगर्नेहरू क्रियाशील सदस्य रहँदैनन्ः सभापति थापा

    रौतहट । नेपाली कांग्रेसका सभापति गगन थापाले सदस्यता अद्यावधिक नगर्ने नेताहरूलाई पार्टीले सदस्यका रूपमा पहिचान नगर्ने स्पष्ट पारेका छन्। झापामा मंगलवार आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टी अब पूर्ण रूपमा डिजिटल र प्रणाली सिस्टममा आधारित भएर अघि बढ्ने उद्घोष गरे। पार्टीभित्रको इतर समूह, विशेषगरी पूर्वसभापति शेरबहादुर देउवा र डा शेखर कोइराला समूहका केही नेताहरूले सदस्यता अद्यावधिक नगरेको सन्दर्भलाई जोड्दै उनले यस्तो धारणा राखेका हुन्।सभापति थापाले सदस्यता अद्यावधिक नगर्ने नेताहरूलाई पार्टीले आदर र माया गरे पनि वैधानिक रूपमा सदस्य स्वीकार नगर्ने बताए। ‘कसैले सदस्यता अद्यावधिक

    • प्रकाशित मितिः असार ९, २०८३
    • 159 पटक पढिएको
  • ‘फलानोलाई भोट देऊ, ढिस्कानोलाई नदेऊ’ भन्ने रास्वपा होइन : सभापति लामिछाने

    चितवन । रास्वपाको बन्दसत्रमा सभापति रवि लामिछानेले पार्टीभित्र गुटबन्दी र भोटको चलखेलबारे कडा चेतावनी दिएका छन्। महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै उनले कसैको दबाब, प्रभाव वा सिफारिसमा नभई योग्य उम्मेदवारलाई मत दिन आग्रह गरे। लामिछानेले पार्टीभित्र गुट–उपगुटको राजनीति मौलाउन थालेको संकेतप्रति चिन्ता व्यक्त गर्दै पुरानै शैली दोहोरिए रास्वपाबाट फरक नतिजा ननिस्कने बताए। उनले प्रतिनिधिहरूलाई लक्षित गर्दै भने, “कसैले यहाँसम्म ल्याएको भए धन्यवाद दिनुहोस्, तर भोट चाहिँ राम्रालाई दिनुहोस्।”उनले आफू कुनै पक्षको उम्मेदवार नबोकेको दाबी गर्दै केन्द्रीय समितिमा पुग्ने व्यक्तिको छनोट विवेकपूर्ण ढंगले

    • प्रकाशित मितिः असार ९, २०८३
    • 166 पटक पढिएको
  • रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक परिणाम सम्भव छैन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले पार्टीभित्र गुट–उपगुट र पुरानै राजनीतिक शैली दोहोरिए अपेक्षित परिणाम हासिल नहुने बताएका छन् ।चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले सबै प्रतिनिधिहरूलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे । उनले पुरानै राजनीतिक अभ्यास, आन्तरिक खिचातानी र शक्ति प्राप्त गर्ने दौडले पार्टीलाई सफलतामा नपु¥याउने बताए । उनले फरक परिणाम चाहिएको भए सोच र कार्यशैलीमै परिवर्तन आवश्यक रहेको स्पष्ट पारे ।‘म तपाईहरुलाई सम्मान गर्न चाहान्छु । जो जहाँ जसरी आउनुभएको भएपनि हाम्रो उद्देश्य साझा छ । लक्ष्य प्राप्त गर्ने तरिका पनि एक

    • प्रकाशित मितिः असार ९, २०८३
    • 103 पटक पढिएको
  • रास्वपामा शक्ति परीक्षण सुरु : ९९ केन्द्रीय सदस्यका लागि चुनाव, आजैदेखि निर्वाचन प्रक्रिया

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया औपचारिक रूपमा सुरु हुने भएको छ। बन्दसत्र ढिलोगरी सुरु भए पनि आजैबाट निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध हुने लगभग निश्चित देखिए पनि केन्द्रीय सदस्य पदमा भने कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ। महाधिवेशनबाट चयन हुने ९९ केन्द्रीय सदस्यमध्ये ३५ जना प्रदेशगत कोटाबाट र बाँकी ६४ जना खुला प्रतिस्पर्धाबाट निर्वाचित हुने व्यवस्था गरिएको छ।रास्वपाले नयाँ विधानमार्फत प्रदेश प्रतिनिधित्व र महिला सहभागितालाई अनिवार्य बनाएको छ। सातै प्रदेशबाट कम्तीमा पाँच–पाँच जना केन्

    • प्रकाशित मितिः असार ९, २०८३
    • 101 पटक पढिएको
  • बीपीले बनाएको पार्टी छिया–छिया बनाइयो, हामी जोगाउन आएका हौं : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्ला वर्षहरूमा नेपाली कांग्रेस कमजोर बनाइएको भन्दै पार्टीभित्रकै नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्।झापामा आयोजित एक कार्यक्रममा बोल्दै थापाले संस्थापक नेता बीपी कोइरालाले निर्माण गरेको कांग्रेसलाई पछिल्लो ८–१० वर्षमा विभाजित र कमजोर बनाइएको दाबी गरे। अब पार्टीलाई पुनः सुदृढ बनाउन आफूहरू लागेको बताउँदै उनले पार्टी सुधारको अभियानमा अवरोध सिर्जना गर्ने प्रस्ताव र दबाब स्वीकार नगर्ने स्पष्ट पारे।थापाले भने, “बीपीले बनाएको पार्टीलाई केही वर्षमै छिया–छिया पारियो। अब कांग्रेसलाई बलियो बनाउने अभियानमा लागेका छौं, त्यसैले पार्टी हितविपरीत आउ

    • प्रकाशित मितिः असार ९, २०८३
    • 218 पटक पढिएको
  • शिक्षा क्षेत्रमा देखिएका विकृति हटाउन सरकार गम्भीर बन्नुपर्ने: सभापति पौडेल

    काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले शिक्षा क्षेत्रमा देखिएका समस्या र विकृतिप्रति सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।समितिको बैठकमा बोल्दै उनले वर्तमान सरकारले शिक्षा क्षेत्रमा देखिएका विभिन्न बेथिति र विकृतिले शैक्षिक सुधारको अभियानलाई थप ओझेलमा पार्ने खोज्यको आरोप लगाए । उनले भने, ‘क्वान्टिटी’ होइन, ‘क्वालिटी’ लिने बोलामा वर्तमान सरकारले यो कुरालाई बस्ता नगरेर शैक्षिक फाटमा फेरी अनेकै बोथिति र विकृति निम्त्याएर अझै ओझेलमा पार्न खोजेको छ ।’ उनले २०३८ र २०४२ सालतिरको शैक्षिक अवस्थाको तुलना गर्दै अहिले देशका दुर्गम गाउँसम्ममा विद्यालय भवन, खानेपानी, खे

    • प्रकाशित मितिः असार ९, २०८३
    • 147 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.