काठमाडौं / राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १० वर्षको अवधिमा १६ लाख ७८ हजार घरधुरी लाभान्वित भएका छन् ।बिहीबार बसेको समितिको बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् नार्क र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गतका अनुसन्धान केन्द्र तथा कार्यक्रमहरूको स्थलगत अनुगमन र अन्तरक्रिया कार्यक्रमको समीक्षा गरिएको थियो । बैठकमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका निर्देशक हिक्मत कुमार श्रेष्ठले कार्यक्रमका लागि हालसम्म ५६ अर्ब ५४ करोड ९८ लाख रुपैयाँ बजेट प्राप्त भएको जानकारी दिए ।उनले परियोजना निर्माणका क्रममा अनुमानित लागत १ खर्ब ३० अर्ब रुपैयाँ रहे पनि विभिन्न कारणले अपेक्षित बजेट प्राप्त
काठमाडौं / सांसद खुस्बु ओलीले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान प्रश्न उठाएको भएकाले संसदमै स्पष्ट जवाफ दिन माग गरेकी छन् ।बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले दिएको गैरजिम्मेवार अभिव्यक्तिका कारण आफूहरू बोल्न बाध्य भएको बताइन् । उनले भनिन्, ‘प्रधानमन्त्रीले दिएको गैरजिम्मेवार अभिव्यक्तिकै विषयमा बोल्न बाध्य भएको छौँ । यो हाम्रो रहर भन्दा पनि बाध्यता हो ।’संसद्को नियमित कार्यसूची प्रभावित नहोस् र जनताका मुद्दा ओझेलमा नपरून् भन्ने जिम्मेवारीबोधका साथ संयमता अपनाएको भए पनि सरकारले त्यसलाई कमजोरीका रूपमा बुझेको जस्तो देखिएको उनले बता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद नितिमा भण्डारीले सर्लाही जिल्लामा शान्ति सुरक्षा र कानुन व्यवस्था कमजोर बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भण्डारीले सर्लाहीमा पछिल्लो समय आपराधिक घटना बढ्दै गएको दाबी गर्दै नागरिकले असुरक्षित महसुस गर्ने अवस्था आएको बताइन् । उनले लालबन्दी नगरपालिका–७ बाट ९ तर्फ जाँदै गरेका मोबाइल व्यवसायी नवराज सापकोटामाथि तीन जनाको समूहले आक्रमण गरी लुटपाटको प्रयास गरेको र चार राउण्ड गोली चलाएको घटना उल्लेख गरिन् । प्रहरी चौकी नजिकै यस्तो घटना हुनु गम्भीर विषय भएको उनको भनाइ थियो ।सांसद भण्डारील
काठमाडौं / श्रम संस्कृति पार्टीका सांसद पूर्ण प्रसाद लिम्बुले प्रधानमन्त्रीले सीमा सम्बन्धी दिएको अभिव्यक्ति तत्काल सच्याउनुपर्ने बताएका छन् ।बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लिम्बुले प्रधानमन्त्रीले जेठ १७ गते दिएको सीमा सम्बन्धी अभिव्यक्ति छिटोभन्दा छिटो सच्याउनुपर्ने विषयमा आफ्नो पार्टीको अडान यथावत रहेको स्पष्ट पारे ।उनले भने, ‘सम्माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीज्यूले जेठ १७ गते सीमासम्बन्धी दिनुभएको अभिव्यक्ति छिटोभन्दा छिटो सच्याइयोस् भन्ने हाम्रो पार्टीको अडान यथावत रहेको जानकारी गराउँदछौँ। धन्यवाद ।’श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति
काठमाडौं / नेकपा एमालेकी सांसद एशुदा कुमारी बरालले संसदको नियमावली सत्तापक्ष र प्रतिपक्ष दुवैका लागि समान रूपमा लागू हुनुपर्ने बताएकी छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसदमा बोल्ने क्रममा विषयवस्तुमा केन्द्रित हुन सभामुखले पटक–पटक आग्रह गर्नुपर्ने अवस्था आउनु दुःखद भएको बताइन् । उनले विरोध गर्ने क्रममा पनि निश्चित विषयभित्र रहेर आफ्ना धारणा राख्दा त्यसको औचित्य पुष्टि हुने बताइन् । विपक्षी बेन्चबाट एक जना सदस्यले प्रतिनिधित्व गर्दै बोलिसकेपछि दैनिक कार्यसूचीमा प्रवेश गर्न सबै सांसदलाई सहयोग गर्न उनले आग्रह गरिन् ।सांसद बरालले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिसम्बन्ध
काठमाडौं / प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय, निर्माण व्यवसायका व्यवहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा आज निर्माण व्यवसायीसँग छलफल गर्दै छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले बिहान साढे ११ बजे हुने उक्त छलफलमा नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारी तथा प्रतिनिधिहरू सहभागी हुनेछन् । छलफलमा महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी हुने कार्यक्रम रहेको छ ।नि
काठमाडौं। प्रतिनिधिसभाको बैठक फेरि तनावपूर्ण बनेको छ। सभामुख डोलप्रसाद अर्याल ले बैठक सुरु गर्नेबित्तिकै विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका छन्।नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी का सांसदहरूले संयुक्त रूपमा विरोध जनाएका हुन्।विरोधबीच सभामुखले कांग्रेस सांसद हरिनादेवी कामी लाई आफ्नो धारणा राख्न समय दिएका छन्।विपक्षीको विरोधसँगै प्रतिनिधिसभाको बैठक फेरि राजनीतिक तनावको केन्द्र बनेको छ।
काठमाडौं। संसदमा चार महत्त्वपूर्ण विधेयक अघि बढेका छन्। राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले प्रतिनिधिसभाबाट पारित भएर आएका चारवटै विधेयकमाथि दफाबार छलफल गरिरहेको छ।समितिमा सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावमाथि सम्बन्धित मन्त्रीहरूको उपस्थितिमा छलफल भइरहेको छ। छलफलपछि समितिले आजै आफ्नो प्रतिवेदन राष्ट्रियसभामा पेश गर्ने तयारी गरेको छ।छलफलमा रहेका विधेयकहरूमा सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ०, सहकारी संशोधन तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी ऐन संशोधन समावेश छन्।यी विधेयक संसदबाट पारित भए सार्वजनिक खरिद, सहकारी नियमन, मनी लाउन्डरिङ नियन्त्रण र स्वास्थ्य क्षेत्रक
काठमाडौं । सरकारी कर्मचारीको कार्यशैली थप अनुशासित र उत्तरदायी बनाउन सरकारले नयाँ आचारसंहिता लागू गरेको छ। अब कार्यालय समयमा बाहिर निस्कँदा अनुमति मात्र होइन, लगबुकमा विवरण पनि अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने भएको छ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गरेका छन्। यसमा कार्यालय समयको कडाइदेखि सामाजिक सञ्जालको प्रयोगसम्म स्पष्ट नियम तय गरिएको छ।अब कार्यालय समयमा बाहिर जानुअघि सम्बन्धित अधिकारीको अनुमति लिनुपर्नेछ भने कहिले, किन र कति समयका लागि बाहिर गएको हो भन्ने विवरण लगबुकमा अनिवार्य रूपमा लेख्नुप
काठमाडौं। वर्षौंदेखि विवादमा रहेको बाल मन्दिर जग्गा प्रकरणमा अनुसन्धानले नयाँ मोड लिएको छ। प्रहरीले यस प्रकरणमा तीन जनालाई पक्राउ गरेको छ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बाल मन्दिरको जग्गा भाडा सम्झौतासम्बन्धी विवादमा तीन जनालाई नियन्त्रणमा लिएको हो।सीआईबीका एसएसपी अनुपमशम्शेर जबराका अनुसार पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको छ। यद्यपि, अनुसन्धान प्रभावित हुन सक्ने भन्दै उनीहरूको परिचय भने हालसम्म सार्वजनिक गरिएको छैन।बाल मन्दिरको बहुमूल्य सरकारी जग्गा लामो समयदेखि न्यून भाडादर, अनियमितता र दुरुपयोगको आरोपका कारण विवादमा रहँदै आएको थियो। पछिल्लो पक्राउसँगै अनुसन
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.