राजनीति

    Showing 541-550 of 7,483 items.
  • विविधताभित्रको एकता नै राष्ट्रिय शक्ति होः उपसभामुख राना

    काठमाडौँ। उपसभामुख इन्दिरा रानाले विविधताभित्रको एकता नै राष्ट्रिय शक्ति भएको बताउनुभएको छ । किराँत समुदायको चाड उधौली पर्व, नेवार समुदायको यःमरि पुन्ही–धान्य पूर्णिमा तथा ज्यापू दिवसका अवसरमा आज सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना दिने क्रममा यस्तो बताउनुभएको हो । उपसभामुख रानाले भन्नुभएको छ, “सबै नागरिकलाई आफ्नो धर्म, संस्कृति, परम्परा र चाडपर्वलाई सम्मानपूर्वक मनाउने मौलिक हक सुनिश्चित गरेको छ । संविधानले नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक पहिचानयुक्त समृद्ध राष्ट्रका रूपमा व्याख्या गरेको छ । सबै नागरि

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 198 पटक पढिएको
  • विविधता भित्रको राष्ट्रिय एकता नै हामी नेपाली हुनुको पहिचान होः अध्यक्ष दाहाल

    काठमाडौँ। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उधौली, यःमरि पुन्हि, ज्यापू दिवसलगायत सांस्कृतिक पर्वले समस्त नेपालीबीच आपसी सद्भाव, सामाजिक सम्बन्ध, बलियो राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।  किराँत समुदायको विशेष चाड उँधौली पर्व तथा नेवार समुदायको यःमरि पुन्हि र ज्यापू दिवसका अवसरमा आज उहाँले देश तथा विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं दीर्घायुको कामनासमेत गर्नुभएको छ ।  अध्यक्ष दाहालले भन्नुभएको छ, “नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त स्वाधीन राष्ट्र हो । हाम्रो संविधानले हरे

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 167 पटक पढिएको
  • देशमा मनाइने हरेक पर्वले विविधतामा एकता र सहअस्तित्वमा शक्ति भएको राष्ट्रका रूपमा चिनाउने अवसर प्रदान गरेको छः उपराष्ट्रपति

    काठमाडौं— उपराष्ट्रपति रामसहायप्रसाद यादवले देशमा मनाइने हरेक पर्वले देशलाई विविधतामा एकता, परम्परामा गौरव र सहअस्तित्वमा शक्ति भएको राष्ट्रका रूपमा चिनाउने अवसर प्रदान गर्दै आएको बताएका छन् ।उधौंली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।उपराष्ट्रपति यादवले भनेका छन्, ‘नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र जनताको अधिकारलाई आत्मसात् गर्दै समावेशी, न्यायपूर्ण र समृद्ध समाज निर्माणतर्फ प्रतिबद्ध भई अग्रसर हुन यस पर्वह

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 211 पटक पढिएको
  • मकवानपुर जेन–जी संयोजक सुविन खत्रीद्वारा सम्पूर्ण जेन–जीलाई सम्पर्कमा आउन आह्वान

    हेटौँडा— जेन–जी आन्दोलनमा सक्रिय भूमिका खेल्दै आएका मकवानपुर जेन–जी संयोजक सुविन खत्रीले भदै २३ र २४ गते देशभर भएको जेन–जी आन्दोलनमा सहभागी मकवानपुरका सबै युवालाई तत्काल सम्पर्कमा आउन आह्वान गरेका छन् ।जारी विज्ञप्तिमार्फत खत्रीले प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था, प्रभावकारी भ्रष्टाचार नियन्त्रण तथा प्रदेश संरचनाको आवश्यकताअनुसार पुनर्संरचना लगायतका मूल मागलाई बदनाम गर्न विभिन्न तत्व सक्रिय भएपछि जेन–जी पुस्ता एकजुट भएर अघि बढ्नु आवश्यक भएको बताएका छन् ।खत्रीले आन्दोलनका सहभागीहरूलाई अनावश्यक रूपमा पक्राउ र कुटपिटजस्ता गतिविधि बढिरहेको उल्लेख गर्दै यस परिस्थितिमा सम्पूर्ण जेन–जी एकताबद्ध

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 221 पटक पढिएको
  • बाजुरामा ७ वटा नयाँ मतदानस्थल थप, ६ मतदानस्थल स्थानान्तरण

    बाजुरा— बाजुरामा ७ वटा नयाँ मतदानस्थल थप गरिएका छन् ।  आगामी निर्वाचनलाई लक्षित गर्दै ७ वटा नयाँ मतदानस्थल थपिएका हुन् ।मंसिर १४ गते जिल्ला निर्वाचन कार्यालय बाजुराले गरेको सिफारिसका आधारमा निर्वाचन आयोगले ७ वटा नयाँ मतदान स्थल थप गरेको हो ।यहाँको स्वामीकार्तिक खापर, हिमाली, त्रिवेणी र बुढीनन्दा नगरपालिकामा नयाँ मतदानस्थल थप गरिएका छन् । स्वामीकार्तिक खापर गाउँपालिका–१ मा भगवती आवि रुढी, मण्डाली मावि खोलीकोट र वडा नं.–३ जुकोटलाई विभाजन गरी शम्भुशुनन्दा मावि जुकुमा नयाँ मतदानस्थल राखिएको छ । बुढीनन्दा नगरपालिका–३ मा मदन आश्रित आवि बड्डाला, हिमाली गाउँपालिका–१ मा शुनन्दा आवि बाम, वडा न

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 204 पटक पढिएको
  • मेयर महर्जनद्वारा यःमरि बनाउने प्रतियोगिताका बिजेतालाई पुरस्कार वितरण

    काठमाडौं । एकेडेमी अफ कुलिनरी आट्र्स कलेजले आयोजना गरेको यःमरि बनाउने प्रतियोगिताका बिजेतालाई पुरस्कार वितरण गरिएको छ । बुधबार ललितपुरमा आयोजित एक कार्यक्रमकाबीच ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनबाट पुरस्कार वितरण गरिएको हो । पुरस्कार वितरण कार्यक्रममा मेयर महर्जनले यस्तो प्रतियोगिताले नेवारी समुदायको पहिचान संरक्षण, स्थानीय पर्यटन प्रवर्धन तथा परम्परागत सीपको जगेर्ना हुने बताए । कलेजले गत मङ्सिर १४ गते प्रतियोगिताको समापन गरेको थियो । सोही प्रतियोगिताको पुरस्कार भने आज वितरण गरिएको हो । उक्त समारोहमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सेफ सन्तोष शाह लगायत विशिष्ठ अतिथ

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 105 पटक पढिएको
  • मधेश प्रदेशमा नयाँ सरकार बनाउनका लागि दलहरुलाई आह्वान

    जनकपुर । मधेश प्रदेशमा नयाँ सरकार बनाउनका लागि दलहरुलाई आह्वान गरिएको छ ।प्रदेश प्रमुख कार्यालयले आज मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामा स्वीकृत गरेको जानकारी गराउँदै नयाँ सरकार निर्माण गर्नका लागि दलहरुलाई आह्वान गरेको छ । प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा २ बमोजिम अगामी शुक्रवार १९ गते साँझ ५ बजे भित्रमा सरकार गठनका लागि दाबी पेश गर्नका लागि दलहरुलाई आह्वान गरेको छ ।यो संगै दलहरु पुनः छलफलमा जुटेका छन् । आज दिउँसो बसेको मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने भनिएकोमा उनले बैठकमै राजीनामा दिएको घोषणा गरेका थिए ।

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 73 पटक पढिएको
  • उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभा

    काठमाडौं— ऊर्जामन्त्री कुलमान घिसिङको समर्थनमा गठन गरिएको ‘उज्यालो नेपाल पार्टी’ आज औपचारिक रूपमा घोषणा गरिएको छ। काठमाडौंको राष्ट्रिय सभा गृहमा सुरु भएको घोषणा सभामा पार्टीका संस्थापक घिसिङ स्वयंले सम्बोधन गर्ने तयारी गरिएको छ।सभास्थलमा हरियो टोपी लगाएका तथा हरियो झन्डा बोकेका समर्थकहरूको बाक्लो भीड देखिएको छ। पार्टीको चुनाव चिह्न ‘बलिरहेको चिम’ रहेकाले प्रवेशद्वारमै ठूलो चिमको प्रतीकात्मक संरचना पनि स्थापना गरिएको छ, जसले समर्थकहरूको उत्साह झनै बढाएको छ।घोषणा सभामार्फत पार्टीले औपचारिक रूपमा आफ्नो नीति–कार्यक्रम सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 377 पटक पढिएको
  • देश र देशवासीको लागि उज्यालो दिप बनेर जल्ने प्रण लिएको छुः रीमा विश्वकर्मा

    काठमाडौं— उज्यालो नेपाल पार्टीमा जोडिएकी कलाकार रिमा विश्वकर्माले जेनजी आन्दोनमा गोली चलाउन आदेश दिने तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली जस्तो नेता अब यो देशलाई खाँचो नभएको बताएकी छिन् । बुधबार उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभामा बोल्दै उनले देशले जवाफदेही नेतृत्व खोजिरहेको बेला प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेर गोली चलाउने आदेश कसले दियो मलाई थाहा छैन् भन्ने जस्तो गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिने नेता अब यो देशलाई नचाहिने बताएकी हुन् । उनले भनिन्, ‘यो देशको हालत हेरेर म कसैको भर गर्न सक्दिन् । म आफ्नै मात्रै भर गर्न सक्छु । देश र देशवासीको लागि उज्यालो दिप बनेर जल्ने

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 413 पटक पढिएको
  • ‘बहुदलीय व्यवस्थाका पिल्लर, दलहरुको गतिविधिलाई नियन्त्रण गरेर चुनाव हुन सक्दैन्’

    काठमाडौं— नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बहुदलीय व्यवस्थामा पिल्लर राजनीतिक दल भएको भन्दै दलहरुको गतिविधिलाई नियन्त्रण र नेतालाई अपमान गरेर चुनाव हुन नसक्ने धारणा राखेका छन् । बुधबार प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले चुनावी वातावरण बनाएपछि मात्रै निर्वाचन हुने बताउँदै चुनाव–चुनाव भनेर मात्रै केही नुहने बताएका हुन् । उनले भने, ‘चुनाव भन्ने भन्दापनि गर्नेे कुरा हो । चुनाव गर्ने हो भने चुनाव हुने खालको तयारी गर्नुपर्छ । चुनावको लागि अनुकूल वातावरण नबनाइकन कसरी चुनाव हुन्छ ? त्यसको लागि वातावरण त बनाउनुपर्यो नि । चुनावको वातावरण बनाउँदा यो सच्चाईलाई

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 374 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा