काठमाडौं। वर्षौंदेखि विवादमा रहेको बाल मन्दिर जग्गा प्रकरणमा अनुसन्धानले नयाँ मोड लिएको छ। प्रहरीले यस प्रकरणमा तीन जनालाई पक्राउ गरेको छ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बाल मन्दिरको जग्गा भाडा सम्झौतासम्बन्धी विवादमा तीन जनालाई नियन्त्रणमा लिएको हो।
सीआईबीका एसएसपी अनुपमशम्शेर जबराका अनुसार पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको छ। यद्यपि, अनुसन्धान प्रभावित हुन सक्ने भन्दै उनीहरूको परिचय भने हालसम्म सार्वजनिक गरिएको छैन।
बाल मन्दिरको बहुमूल्य सरकारी जग्गा लामो समयदेखि न्यून भाडादर, अनियमितता र दुरुपयोगको आरोपका कारण विवादमा रहँदै आएको थियो। पछिल्लो पक्राउसँगै अनुसन्धान थप गहिरो बन्ने संकेत देखिएको छ।
सीआईबीले अनुसन्धान जारी रहेकाले थप व्यक्ति पनि अनुसन्धानको दायरामा आउन सक्ने संकेत दिएको छ।






































