काठमाडौं। संसदमा चार महत्त्वपूर्ण विधेयक अघि बढेका छन्। राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले प्रतिनिधिसभाबाट पारित भएर आएका चारवटै विधेयकमाथि दफाबार छलफल गरिरहेको छ।

समितिमा सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावमाथि सम्बन्धित मन्त्रीहरूको उपस्थितिमा छलफल भइरहेको छ। छलफलपछि समितिले आजै आफ्नो प्रतिवेदन राष्ट्रियसभामा पेश गर्ने तयारी गरेको छ।

छलफलमा रहेका विधेयकहरूमा सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ०, सहकारी संशोधन तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी ऐन संशोधन समावेश छन्।

यी विधेयक संसदबाट पारित भए सार्वजनिक खरिद, सहकारी नियमन, मनी लाउन्डरिङ नियन्त्रण र स्वास्थ्य क्षेत्रका कानुनी व्यवस्थामा महत्वपूर्ण परिवर्तन आउने अपेक्षा गरिएको छ।