काठमाडौं। प्रतिनिधिसभाको बैठक फेरि तनावपूर्ण बनेको छ। सभामुख डोलप्रसाद अर्याल ले बैठक सुरु गर्नेबित्तिकै विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका छन्।
नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी का सांसदहरूले संयुक्त रूपमा विरोध जनाएका हुन्।विरोधबीच सभामुखले कांग्रेस सांसद हरिनादेवी कामी लाई आफ्नो धारणा राख्न समय दिएका छन्।
विपक्षीको विरोधसँगै प्रतिनिधिसभाको बैठक फेरि राजनीतिक तनावको केन्द्र बनेको छ।






































